हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सुक्खायाममा लोडसेडिङ अन्त्य गर्छौ – कुलमान घिसिङ (अन्तर्वार्ता)

१४ कात्तिक देखि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाउन सक्रिय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘विद्युत् आपूर्ति व्यवस्थापनबाटै यस्तो सम्भव भएको हो ।’

उपत्यकामा लोडसेडिङ अन्त्य भएकै हो त ?

अहिले उपत्यकामा लोडसेडिङ छैन । अन्त्य भनेर घोषणा गरिएको छैन । घोषणा गरिरहनु पनि पर्दैन ।

यस्तो कसरी सम्भव भयो ?

विद्युत् आपूर्ति, पूर्वाधार, सञ्चालन विधि र मागमा व्यवस्थापन गरिएकै कारण लोडसेडिङ अन्त्य भएको हो । विद्युत् बढी खपत हुने साँझको समयमा उद्योगहरूको लाइन काटिदिएर व्यवस्थापन गरिएकै कारण उपभोक्ताले २४ सै घण्टा विद्युत् पाएका हुन् ।

यो विधिले देशभर लोडसेडिङ अन्त्य गर्न सकिंदैन ?

अहिले नै त सकिंदैन । काठमाडौंका ग्राहकलाई लोडसेडिङ अन्त्यको आभास गराएपछि यो अभियान अन्य ठाउँमा पनि विस्तार हुन्छ । उपत्यकाबाहिरका मुख्य शहरहरूमा लोडसेडिङ अन्त्य गर्ने काममा जुटेका छौं । हाम्रो मुख्य लक्ष्य सुक्खायाममा हुने लोडसेडिङ अन्त्य गर्ने हो ।

इन्भर्टर र जेनेरेटरका व्यापारीले काम नगर्न दबाब त दिएनन् ?

त्यस्तो स्वार्थ समूह लागेको हुन सक्छ । तर, अहिलेसम्म कुनै किसिमको दबाब आएको छैन । बरु लोडसेडिङ अन्त्य भएपछि कतिपय मान्छेले ‘यसले कुलेखानी डुबाउने भयो’ भनेर प्रचारबाजी गरेका छन् । मलाई त्यस्ता गतिविधिले फरक पार्दैैन ।

सरकार परिवर्तनसँगै तपाइँको पनि प्राधिकरणबाट सरुवा होला, अनि फेरि लोडसेडिङ दोहोरिएला ?

त्यस्तो नहोला । फेरि लोडसेडिङ अन्त्य गर्ने कुरा म एक्लैले गरेको पनि होइन, प्राधिकरणको टीमले गरेको हो । नयाँ कार्यकारी निर्देशकलाई नयाँ काम गरेर देखाउने दबाब पर्छ । त्यसैले पनि नयाँ मान्छेले हामीले थालेको काम नियमित गर्लान् । @ हिमालखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution