‘संयोगले हिरो भएको हुँ ’ : अमिर दोङ (नायक तथा निर्देशक )

‘२०६० भन्दा अघि नै हो । विश्व ज्योति हलमा राजेश हमाल र चाँदनीको गोर्खाली चलचित्र चलिरहेको थियो । राजेश हमाल लगाएतका कलाकार हलमा आएका देखियो । हामी दुई जना थियौं । एउटा टिकट आधा आधा गरेका थियौं । साथिसँग भित्र जाने मसँग फाल्ने भाग परेछ । म आँखा छलेर कलाकार भएको ठाउँ पुगें ।
दर्शकको भिड थियो । टिकट हेर्ने क्रममा मेरो टिकट फालेको भाग थियो । गार्डले अपशब्द सहितको गालि गरेर मलाई निकालिदियो । अब गर्ने के । बाहिर बस्नुको विकल्प थिएन । फिल्म नसकेसम्म साथिलाई कुरेरै बसेँ झन्डै दुइ घण्टा ।
आज त्यही मान्छेले मलाई नमस्कार गर्दा दिन यसरी आउँछ भनेको सोेचेकै थिएन । विश्वज्योति हलमा मेरो चलचित्र चल्यो, तब उही व्यक्तिले पटक पटक नमस्कार गरेको आजै जस्तो लाग्छ ।’ निस्वार्थ हाँसो निस्कियो । यो कुनै चलचित्रको कथा होइन । तामाङ चलत्रि जगतको एक शसक्त नायक अमिर दोङको वास्तविक जीवनमा घटेको सत्य घटना हो ।
प्रत्येक शनिबार एउटै चलचित्र तीन शोसम्म हेर्न उनको स्वभाव थियो । उनले रमाइलो प्रसंग जोड्दै भने ‘ म फिल्मको किरो थिए, एउटै फिल्म एकै दिन तीन पटक हेथ्र्ये । त्यो बेला म कस्तो थिए होला । अहिले अच्चम लाग्छ ।’
विहानीको चियागफसँगै उनले यसरी सुरु गरे आफ्नो नायकत्व पन । अमिर ज्यो ज्यो आफैमा सामान्य केटो थियो । म सारै लजाउने डराउँने झन केटीहरुसँग बोल्दा काप्ने स्वभावको थिए । कलाकार हुँदाको त्यो बाल्यपन धेरै यादगर रह्यो र त रमाइलो लाग्छ उनले चिया गफसँगै सुनाएको प्रसंग ।
विश्वजोतिमा ‘गल्ति ताजि ङादा माफ लाउँ’,‘आमाला माया’, ज्योज्यो आले’ च्यारेटी सो गरेँ । यो सफलताकोपछि धेरै स्टोरीहरु बाँधिएका छन् । सत्य के हो भने ‘कयौं फिल्म हेर्दा पनि हिरो बन्ने सपना कहिलै साँचिन, मनम पलाएन र सोच्न पनि सकेको थिएन । उनले भने ‘संयोगले हिरो भएको हुँ ।’
यही हिरोको वास्तविकतालाई तामाङ अनलाइनले यसरी प्रस्तुत गर्ने प्रयास गरेको छ :
बाल्यकाल :
काभ्रे मंगलटार पिङथली ९ मा २०४० असोज २६ गते अमिर दोङको जन्म भएको थियो । बुवाको नाम उत्तर कुमार लामा र आमाको नाम असलिमाया थोकर हो । उनी माहिलो छोरा हुन् । सामान्य परिवारमा हुर्किएको अमिर विशेषगरी नाच्ने गाउँनेमा अघि नै थिए । उनले भने ‘गाउँघरको मेला, पर्व र सामाजिक कार्यहरु जस्तै विवाहमा म खुबै नाच्थ्ये । म नाचेपछि धेरै साथिहरु नाच्ने गरेका थिए । म अलि कमेडि कमेडि स्वभावको थिए र कमेडि नृत्यहरु गर्न चाहान्थ्ये ।’
उनले गाउँकै मगल जनविजय माध्यामिक विद्यालयमा अध्ययन गरेका हो । विविध कारणवस अध्ययनलाई पूर्ण रुप भने दिन नसकेको उनको भनाई छ । काठमाडौंको सपना धेरैको हुन्छ र म पनि काठमाडौ आए ।
काठमाडौं यात्रा :
तेमाल जात्रामा एक दुइपटक काठमाडौं आएको थिए । तर कहाँ कता अन्यौलनै थियो । यही क्रममा २०५७ मा काठमाडौं आए । काठमाडौं पुगेपछि नृत्य सिक्ने ठुलो उदेश्य थियो । तर काठमाडौंमा सोचे जस्तो कहाँ थियो र । धिरेन दाइसँग आएको थिए । उहाँकैमा थाङका लेख्न थाले । दाई फिल्मको किरो मेरो त कुरै नगरौं । हामी प्रत्येक शनिबार हलमा पुगेकै हुन्थ्यौं । अच्चम लाग्छ, एकै दिनमा एउटै फिल्म तीन शोसम्म हेर्ने मान्छे मनै हुँ ।
मेरो लागि संघर्षको दिन सुरु भएको थियो । ६ महिनासम्म उहाँकैमा विना पारिश्रमिक काम गरें । यसपछि पहिलो तलब २२ सय पाए । त्यो २२ सय पाउँदा चङंगा थियो मन । पैसासँगै हराएको सपना डान्स सिक्ने रहर जागेर आयो ।
डान्स यसरी सिकियो :
सुनेको थिए । साधनका कला केन्द्र । यसपछि खोजि गरियो । यहाँ मासिक ७ सय दिनु पर्ने । भर्ना गरियो । त्यो बेला शम्बु साह र सृर्जना शाहीले मर्निङ टाइममा डान्स सिकाउनु हुन्थ्यो । यसपछि मनमा नयाँ उर्जा थियो । दैनिक थाङका लेख्थ्ये र विहान नृत्य सिक्थ्ये । स्वयम्भुबाट हिडेरै जान्थ्ये । त्यो दिन सम्झिदा रमालो लाग्छ । (उनको अनुहारमा खुसिको हाँसो छायो)
गाउँमा एतिकै त नाच्ने केटो डान्स सिकेपछि यसको ताल, नृत्य प्रतिको मेहनत र शैलीलाई थप बुझने र सिक्ने अवसर पाए । यही क्रममा तेमाल जात्रामा स्वयम्भुमा कलाकारको गीतमा नाच्नेहरु थुप्रै थिए । मेरो डान्स फरक देखिएपछि तीर्थ कुमार लामाले मन पराउनु भएछ । अमिरले भने ‘भाई राम्रो नाचेको देखेँ, एउटा म्युजिक भिडियोमा खेल्छौं भनेपछि ढुंगा खोज्दा देउता नै मिल्यो ।’ मैले हुन्छ भनेपछि ‘तेमाल नाम्साला ङा छरि भ्योन’मा पहिलो क्यामारा सुट गर्न पाए र अहिलेसम्म पनि यो म्युजिक भिडियो सबैको प्रिय भएका छन् ।’ अहिले चलेको आर्टिस्ट आयुष रिजाल क्यामेराम्यान थियो ।
अभिनय गर्ने क्रममा तिर्थ दाइकै आफन्त मोडल थिए । ती मोडल सँग बस्दा म डराउने स्वभावको थिए । थाङका लेखन चलिरहेको थियो । सायद थाङका नै मेरो जीवनको नयाँ मोड थियो ।
यसपछिको यात्रा …………
मलाई तामाङ दर्शकहरुले रुचाई सकेको थियो । यही क्रममा सञ्जयबलसँग भेट भयो । उहाँले मेरो म्युजिक भिडियो हेरिसक्न’ भएको रहेछ । उहाँलाई अभिनय गर्ने नायक चाहिएको र मलाई पनि फेरी कतै पाए हुन्थ्यो भन्ने सोचि रहेको थिए । उहाँले लेङस्याल सेम जोमा अभिनयका लागि प्रस्ताव गर्नु भयो । मैले हुन्छ भने । यसको लगतै दुइदिनपछि शुभमहुर्त गरियो । सुटिङ पनि गरियो तर बीचमा आर्थिक समस्याका कारण सुटिङ रोकियो । मलाई दु ःख लाग्यो ।
फेरी,केही महिनाको अन्तरालमा सुटिङ हुने खबर आयो । इन्द्रमाया तामाङ र चमेलि दिदीले निर्माण पक्षमा आर्थिक सहयोग गर्ने भएपछि चलचित्रले नयाँ मोड लियो ।
एक्सन चलचित्र भएकाले पनि होला निकै राम्रो भयो । त्यति बेला तामाङ चलचित्र कमै थियो । यसपछि आमाला मायामा अवसर पाए । यो चलचित्रमा भने मलाई थोरै मात्रमा भएपनि पैसा मिल्यो । यसपछि तामाङ चलत्रिको यात्रामा मेरो माग बढ्दै गएको थियो । किनकी म एक्सन हिरोको रुपमा स्थापित भइसकेको थिए । तथापी मलाई यहाँसम्म आउँदा पैसाभन्दा पनि चलचित्र जगतमा बाक्लै छाउँनु थियो । यसैले पाएका अवसरहरु मिस युज गरिन ।
अहिलेसम्म अभिनय र निर्देशन गरेको चलचित्र
लेङ्स्याला सेम्जो, आमाला माया, गल्ती ताजि, ज्यो ज्यो आले, छ आङाला मिख्ली, चाङ्सुइमी, दोर्जेला नाङ, असेना लबा गल्ती, कर्मला ग्याम, येला मायासे, ङाला कर्म, मायासे लासी, कुन्ज्यो सोम, ङेमा दावा, ह्याङ्ला रिमठिम ,अमिर ज्यो ज्यो, मायासे लासी २, म्हेन्दो, ह्युल्ला रक्षक, ङाला माया, अमिर ज्यो ज्यो २, देन्बा माया गरी २० वटा चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेको छु ।
निर्देशन गरेका चलचित्र
आसेना लबा गल्ती, ङाला कर्म, मायासे लासी, कुन्ज्यो सोम, ङेमा दावा, ह्यङ्ला रिमठिम, अमिर ज्यो ज्यो १ र २ , मायासे लासी, म्हेन्दो, ह्युल्ला रक्षक, ङाला माया, अमिर ज्यो ज्यो र देन्बा मायामा अभिनयसँगै निर्देशन समेत गरेका छन् ।
यस्तै उनले विभिन्न म्युजिक भिडियोमा अभियनयको साथै निर्देशन समेत गरेका छन् । धेरै तामाङ चलचित्रहरुका अतिथि कलाकारको रुपमा पनि काम गरेको छु । प्राय फाइट खेल्नु पर्ने सिनहरु थियो ।
तितौरा खाएर थाङ्का लेखेको छु :
चलचित्र बनेपछि च्यारेटि शो गर्नु पर्ने र हल पाउँनका लागि पनि निकै कसरत गर्नु पर्ने दर्शकको मन जित्नका लागि उत्तिकै मेहनत गर्नु पर्ने बाध्यताहरु थियो । जब चलचित्रको च्यारेटि शो को तयारी हुन्छ । तव कहिले काँहि बेलुका ६ देखि विहान ६ बजेसम्म थाङका लेखेको छु । यो मेरो लागि ठूलो चुनौति थियो । तैपनि अमिलो, पिरो, तितौरा खाएर आर्थिक पक्षलाई पनि सबल बनाउनु पर्ने बाँध्यता थियो ।
तामाङ चलचित्रको अवस्था :
मलाई यस्तो लाग्छ । सबै चलचित्र राम्रा छन् भन्न सक्दिन तर केही यस्ता चलचित्र पनि छन, जुन जिवन्त बनेका छन् । तर, एउटा कुरा हामीले के स्विकार्नु पर्छ भने सबै चलचित्र गुणस्तरिय छैनन् । हो, संख्यात्मक रुपमा धेरै रहेता पनि गुणात्मक र जागरणमुखि भने कमै रहेको तथ्य पनि सत्य हो ।
हामीले हलमा तामाङ चलचित्र लाउन नसक्नुको कारणहरु धेरै छन् । यसमध्ये एउटा महत्वपूर्ण र अनिवार्य विषय भनेको चलचित्र विकास बोर्डमा सेन्सर गर्नका लागि भाषा जान्ने व्यक्तिको आवश्यकता छ । यो विषयमा तामाङ चलचित्र संघ र चलचित्र विकास बार्डले तत्काल ध्यानकर्षण हुन जरुरी छ । किनकी हामीले १२५ को क्रसमा तामाङ चलचित्र निर्माण गरिसकेका छौं ।
साथै हामीले हाम्रो कथा, कलाकार, विषयलाई फरक ढंगले प्रस्तुत गर्न जरुरी छ । तामाङ चलचित्रको खडेरीलाई पार गरिसकेका छौं । अबको चलचित्र भनेको साँच्चिकै नयाँ कथा र नयाँ परिवेषसँगै सन्देश मुखि हुन अनिवार्य छ ।
पाएको अवार्ड
पहिलो अवार्ड भनेको दर्शकको माया हो । दर्शकको मन जित्न सक्नु नै मेरो पहिलो सफलता हो भन्ने महशुस गरेको छु ।
संस्थागत रुपमा भन्ने हो भने तामाङ म्युजिक फिल्म अवार्डको दोस्रो संस्करणमा ‘मायासे लासी’को वेस्ट डाइरेक्टर अवार्ड पाएको थिए । । यस्तै हङकङमा भएको नेफ्टा अवार्डमा म्हेन्दो चलचित्रले पाएको थियो । यो चलचित्रमा म आफैले अभिनय र निर्देशन गरेको छु ।
२०७२ मा कतारमा भएको नेफ्टा अवार्डमा तामाङ कलाकारको तर्फबाट म पुगेको थिए । अन्य संघ संस्थाले गरेको सम्मानपत्रहरु भने अनगिन्ति रहेका छन्
प्रवासमा शो भएको चलचित्र :
इजरालयमा ‘ह्याङला रिमठिम’ कतारमा ‘अमिर ज्योज्यो’ दास्रो, जापानमा र मलेसियामा ‘ङाला माया’ प्रदर्शन भएको थियो ।
दुः ख लागेको क्षण :
मेरो मेहनतले जोडेको सारा सम्मानपत्र र सामानहरु २०७२ सालको भुकम्पले पुरि दिँदा दुः ख लागेको छ । हामीले तामाङ सुपर स्टार डम्फु मिडिया हाउस प्रालि संचालन गरेका थियौं । हाम्रो टिमले चलचित्रको लागि आवश्यक सामाग्री जोडेका थियौं । सबै पुरिदियो । अहिले फेरी विस्तारै विस्तारै जम्मा गर्न थालेका छौं ।
विर्सन नसकिने क्षण :
म ल्होछारको शिलशिलामा काभ्रेको डाँडापारी पुगेको थिए । यहाँ एक जना बाजेले भन्नु भयो ‘ अमिर ज्यो ज्यो लास्सो फ्याफूल्ला ।’ मलाई अत्यन्तै अफ्ठ्ेरो भयो । किनकी म भन्दा उहाँ उमेरले अग्रज हुनुहुन्थ्यो तर पनि दुइ हात जोडेर नमस्कार गरेको कहिलै विर्सिन्न । यो कलारकार प्रतिको सम्मान थियो । यस्तै तितौरा खाएर रातभरि थाङका लेखेको । गोर्खाली फिल्म हेर्न जाँदा टिकट नपाएर हलभित्रबाट निकालिएको क्षण बढो रमाइलो लाग्छ ।
यस्तै घर जाने क्रममा बनेपा पुगेको थिए । म आफ्नै सुरुमा थिए । एक जनाभाइले डायरी र कलम लिएर मेरो नजिक आउँदै भन्यो ‘दाई म तपाईको फ्यान हु मलाई अटोग्राफ दिनुन।’ म छक्क परें । अहिले पनि जब बनेपा पुग्छु अनि यो परिदृश्य देख्छु ।
अन्तमा :
सर्व प्रथम मेरो दर्शकप्रति आभारि छु । मेरो चलचित्र हेरेर प्रतिक्रिया दिनुहुने आम दर्शकलाई धन्यवाद दिनै पर्छ । र मेरो शुभेच्छुकहरुको माया पाइरहन पाउँ । तपाईहरुकै मायाले अहिलेसम्म सफलता प्राप्त गरेको छु ।
र भन्नै पर्ने अर्को विषय भनेको चलचित्र क्षेत्र आफैमा ग्यालमर हो । नयाँ पुस्ताले ग्यालमरलाई व्यावसायिक योजना बनाएर मात्र प्रवेश गर्न अनुरोध गर्छु ।