हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ घेदुङ कुवेतको छैटौं बार्षिकोत्सब भव्यताको साथ सम्पन्न

q1

नेपाल तामाङ घेदुङ कुवेतले फर्वानिया स्थित अलहाइतम रेष्टुरेन्टमा ११ नोभेम्बर २०१६ (शुक्रबार) एक कार्यक्रमका बिच आफ्नो छैटौं बार्षिकोत्सब कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ।

 नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य तथा नेपाल तामाङ घेदुङ कुवेतका प्रमुख सल्लाहकार राम लामा घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  कुवेतमा कार्यरत तामाङ समुदायहरु आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती रहेको थियो।

घेदुङ कुवेतका महासचिव सुरेश ग्याबाद्वारा सन्चालित कार्यक्रमलाई केक काटेर उदघाटन गरिएको थियो भने भखरै सडक दुर्घटनामा परि ज्यान गुमाएका मकवानपुर फापारबारिका अमृत बोम्जनको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो।यसै गरी केन्द्रबाट प्राप्त शुभकामनाहरु सुनाइएको थियो भने कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उपस्थित सहयोगी मनहरुबाट मन्जु लामा मोक्तान तामाङको उपचारका लागि  ४३७ केडी आर्थिक सहयोग संकलन गरिएको थियो भने उक्त रकम मन्जुलामा मोक्तान  बचाउ अभियानका दिलकुमार पाख्रीनलाई  हस्तान्तरण गरिएको थियो।

उक्त वार्षिकोत्सब कार्यक्रममा संस्थालाई आ-आफ्नो ठाउबाट साथ-सहयोग गर्ने बिभिन्न ब्यक्तित्व र ब्यबसायिहरुलाई सम्मान गरिएको थियो।

यसैगरी रेशम लामाको सभापतित्वमा १५ सदस्य रहने गरी नेपाल तामाङ घेदुङ कुवेतको भातृसङ्गठनको रूपमा तामाङ सस्कृती घेदुङ कुवेत गठन गरेको छ |तामाङ जातिको कला, सस्कृती, भेषभुषा,भाषा तथा रहन सहन लाई टेवा पुर्याउने उदेश्यका साथ नेपाल तामाङ घेदुङ कुवेतको छैटौ वार्सिक उत्सब कै अबसर पारेर सस्कृती घेदुङ गठन बताएको छ |

q2

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution