मञ्जु माया मोक्तान तामाङलाई उपचार्थ तीन लाख एक सय साठी रुपैयाँ प्रदान

-सुदिन लामा तामाङ
भक्तपुर , कार्तिक – २७ । मञ्जु मोक्तान तामाङ बचाउ ,सहयोगार्थ बृहत साँस्कृतिक धमाका कन्सर्ट २०१७३ बाट संकलित रकम तीन लाख एक सय साठी रुपैयाँ बिरामी मञ्जु माया मोक्तान तामाङलाई उपचारको लागि प्रदान गरिएको छ।
एक्टिभ अार्टिस ग्रुप नेपालले तलेजु बैंक्वेट ,राम मन्दिर सुर्यबिनायक भक्तपुर गरिएको साँस्कृतिक कार्यक्रममा समस्य बिहिन संस्थाको अध्यक्ष एंव समाजसेवी सत्यमान लामा तामाङको प्रमुख अतिथिमा भएको थियोे।बिशेष अतिथि साहित्यकार समाजसेवी बिकु लामा तामाङ ,अतिथि चर्चित खलनायक बिकु थोकर तामाङ , कुमार स्याङबा तामाङ , दिर्गा लाल तामाङ लगाएत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
बृहत साँस्कृतिक धमाकामा चर्चित कलाकारहरु बिजय लामा तामाङ ,बिश्व दोङतामाङ , बिशाल काल्तान तामाङ , सजिब बाईवा तामाङ ,निमा दोङ तामाङ ,शुक्र दोङ तामाङ,कुमार तामाङ,जितु लोप्चन तामाङ , टेक घिसिङ तामाङ, जिग्मे छ्योकी घिसिङ तामाङ , श्याम पाख्रिन तामाङको साथै चर्चित खलनायक बिकु थोकर तामाङ लगाएत अन्य कलाकारहरुले प्रस्तुति राखिएको थियो ।नृत्य तर्फ सरस्वती कला केन्द्र,पिपुल्स कला केन्द्र, बिहानी कला केन्द्रबाट अा अाफ्नो सांगीतिक नृत्य प्रस्तुति राखिएको थियो |
मञ्जु माया मोक्तान तामाङलाई सहयोगार्थ गरिएको कार्यक्रममा समाजसेवी तथा प्रमुख अतिथि सत्यमान लामा तामाङले १,१००,०० (एकलाख दशहजार) खलनायक बिकु थोकरलेरु २१,०००(एक्काईस हजार) समाजसेवी जेनिस दोङले रु १०,००० (दशहजार) र विभिन्न संघसंस्था,ब्यक्तिबाट उठाएको रकम रु ३००,१६० (तीन लाख एकसय साठी रुपैयाँ) बिरामी मञ्जु माया मोक्तानलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रम एक्टिभ अार्टिस ग्रुपका संयोजक प्रयास दोङको सभापतिमा सम्पन्न भएको थियो भन्ने कार्यक्रम सञ्चालन हिरा लाल दोङ र सुदिन लामा साथ मिक्साङ बाईवाले गरिएको थिए। स्वयंसेवक भुमिका खार्पाचोक युवा समुहले लिएको थियोे ।