बहराइनमा १६ औं राष्ट्रिय बिभुती तथा धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३२ औं जन्मजयन्ती सम्पन्न ।

सोनम दोङ – मानमा बहराइन | बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टको सभाहलमा १६ औं राष्ट्रिय बिभुती तथा समाज सुधारक किराँत धर्मगुरु मुहिङ्गुम आङशिमाङ फाल्गुनन्द लिङदेनको १३२औं जन्मजयन्ती १० नोभेम्बर २०१६ (शुक्रबार) का दिन भब्यताका साथ सम्पन्न भएको छ |
पाँचथर सेवा समाज बहराइनका अध्यक्ष कणबाज नेम्बाङको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण बहादुर थेगुवा सदेम्बा लिम्बूको सभापतित्व रहेको थियो भने कार्यक्रम सन्चालन संस्थाका सचिब नवीन तुम्बाहाम्फेले गरेका थिए ।
किरात धर्म बिधि अनुसार उपबास रहनुभएका भक्तजनहरुबाट अनुस्ठानमा पुजापाठ र प्रार्थना गरि मनाएको उक्त कार्यक्रमको अवसरमा उपस्थित विभिन्न महानुभाव हरुबाट शुभकामना मन्तव्य राख्नुभएको थियो | कार्यक्रमका सभापति सदेम्बा लिम्बूले १६ औं राष्ट्रिय बिभुती तथा धर्म गुरु मुहिङ्गुम आङशिमाङ फाल्गुनन्द लिङदेनले लिम्बू समुदाय , समाज, लिम्बूभाषा,लिपि र संस्कृति माथी पुर्याउनु भएको अतुलनीय योगदानको बारेमा प्रकास पार्दै गुरुले देखाऊनु भएको धर्मको बाटोमा सबै जातजाति अटाऊन सक्ने भएकाले लामबद्द रहन अनुरोध गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो।
किरात धर्म तथा साहित्य ऊत्थान संघ राष्ट्रिय समिती बहराइनको आयोजनामा भएको उक्त कार्यक्रममा समापन पश्चात् रात्री भोजको पनि ब्यबस्था गरिएको थियो।