ओमानमा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताको साथ मनाउने

नेपाल तामाङ समाज ओमानका अध्यक्ष राम थोकर तामाङको अध्यक्षतामा ११ नोभेम्बर २०१६ (शनिबार) बसेको नियमित बैठक द्वारा तामाङ समुदायको आउंदै गरेको महान सांस्कृतिक एवं धार्मिक पर्व सोनाम ल्होछार – २८५३ झ्या ल्हो आउने नयाँ बर्ष सन् २०१७ फेब्रुअरी ३ तारिख अल मासा हल रुविमा “सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम ” राष्ट्रिय कलाकारको साथमा धुमधांमले साथ मनाउने निर्णय भएको संस्था द्वारा जानकारी दिएको छ |