हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बुद्धिमान मोक्तान तामाङको ११७ औं जन्मजयन्ती सम्पन्न

daaa

याम्बु , २७ कार्तिक  । तामाङ साहित्य धेरै जसो प्रेम र निरासामा सिमित भएकोले अबको दिनमा प्रगातिवादी धारमा तामाङ साहित्य जान जरुरी छ । आज तामाङको पहिलो लेखक बुद्धिमान मोक्तानको ११७ औं जन्मजयन्ती तथा तामाङ डाजाङको नियमित साहित्यिक वाजनको १५८ औं श्रृंखलामा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले बताउनु भएको हो ।

तामाङ डाजाङले काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा मोक्तानले लेख्नु भएको जिक्तेन तामछ्योइ (तामाङ वंशवाली ह्रामा) माथि छलफल भएको थियो । सोही क्रममा भाषाविद् अमृत योन्जन तामाङले तामाङका नयाँ पुस्ताले अब तामाङको फाराब, सेरब र इतिहासहरुको बारेमा पनि थेसिस् लेख्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा लेखक रविन्द्र ग्याबा, लेखक प्रताप बल, लेखक ढुपवाङगेल मोक्तान, अधिवक्त फुर्पा तामाङ, शिक्षक घेदुङका अध्यक्ष मोहन कुमार लामा, नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबका अध्यक्ष बिगेन्द्र सिंह वाइबा तामाङ र पत्रकार बुद्ध लोप्चनले पनि बुद्धिमान मोक्तान र उहाँको पुस्तक माथि आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

तामाङ डाजाङको १५८ औं (ग्योइकाइ गेताङ) साहित्यिक श्रृंखलामा अर्जुन ग्लान, फुर्पा तामाङ, बिगेन्द्र सिंह वाइबा, फूलकुमार बम्जन, साम्देन दोङ, तेज योन्जन, रचना मोक्तान, अमिर योन्जन, बुद्धराम थिङ, अस्मिता घिसिङ, हिरामाया घिसिङ (ललितपुर), ङेमा थाङ्पाल, लक्ष्मी रुम्बा, लगायतका स्रष्टाहरुले तामाङ भाषामा रचना प्रस्तुत् गरेका थिए ।

बुद्धिमान मोक्तानको जन्म वि.स.१९५६ कात्र्तिक २७ गते (१२ नोभेम्बर १८९९) रंगबुल बस्ती भारतमा भएको थियो भने २०२६ बैशाख ९ गते (२१ अप्रिल १९६९) गते बुद्धनिवास, कागझोडा दार्जीलिङमा ७० वर्षको उमेरमा स्वर्गारोहण भएको थियो । उहाँले तामाङ जातिको पहिलो पुस्तक जिक्तेन तामछ्योइ २०१३ साल (सन् १९५६) मा खेख्नु भएको थियो । जुन पुस्तक आम तामाङ समुदायको लागि प्रेरणाको स्रोत बनेकोले पनि तामाङ डाजाङले हरेक वर्ष उहाँको जन्मजयन्ती मनाउदै आएको हो ।
कार्यक्रम तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा प्रेम बहादुर थोकर तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो । @ तामाङ दाजाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution