हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ मुक्तिको लागि बन्दूक बोक्न तयार छु – सोमबले तामाङ

%e0%a4%b8%e0%a5%8b

२६ कातिक, काठमाडौं ।नेपाल तामाङ घेदुङ ३ नम्बर (ताम्सालिङ) प्रदेश समितिका अध्यक्ष सोमबले ताामाङले तामाङ जनताको मुक्तिको लागि आफू बन्दूक बोक्न पनि तयार रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ प्रदेश समितिले आज घेदुङको हलमा प्रादेशिक भेला तयारीको लागि आयोजना गरेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘१० बर्षे माओवादी जनयुद्धमा बन्दूक बोकियो तर प्रतिक्रियावादीहरुले हाम्रो ताम्सालिङ पहिचान स्थापित गर्न दिएनन्’ उनले भने– ‘नेतृत्वले निर्देशन गरे फेरि ताम्सालिङको लागि हतियार बोक्न तयार छु’ । उनले माओवादी जनयुद्धमा लागेर बटुलेको हतियार युद्धको अनुभव फेरि प्रयोग गर्नुपरे त्यो सबैको लागि खतरा हुने बताए ।

बैठकले ताम्सालिङ बृहत् प्रादेशिक भेला सम्पन्न गर्नको लागि प्रदेश अध्यक्ष सोमबले तामाङको संयोजकत्वमा ७७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । बैठकले आगामी पुष ११ गते काठमाडौंमा शक्ति प्रदर्शन सहितको भेला सम्पन्न गर्ने निर्णय गरेको प्रदेश सचिव अरुण लामा तामाङले बताए । उनले भने– ‘हामी भेला भब्य र सभ्य रुपमा सम्पन्न गर्न ताम्सालिङ प्रदेश अन्तर्गतका १३ वटै जिल्लालाई परिचालन गर्नेछौ’ ।

भेला सफल बनाउन काठमाडौं स्थित रत्नपार्कबाट ताम्बा, लामा र बोन्बो सहितको बिशाल ¥याली निकाल्ने तयारी गरिएको आयोजकले जनाएको छ । मूल आयोजक समितिमा केन्द्रीय समितिका सदस्यहरु, प्रदेश समितिका सदस्यहरु र १३ वटा जिल्लाका अध्यक्षहरु रहेका छन् ।

सोही क्रममा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले बर्तमान सङ्घीय संरचनामा ताम्सालिङ प्रदेशको ब्यवस्था नगरिएको हुँदा शक्ति प्रदर्शन सहितको भेला आयोजना गर्न बैठकमा विशेष निर्देशन दिएका छन् । उनले तामाङ समुदायको ऐतिहासिक भूमिलाई अधिकार सम्पन्न ताम्सालिङ प्रदेश निर्माण र राज्यसत्ताको हरेक अङ्ग, तहमा तामाङ जनताको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएको समाचार तामाङघेदुङ डट ओआरजीमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution