हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री पुष्पकमल दाहाल

prachand

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी गरेका छन्। सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए।

उनले उच्च अदालत गठन र उच्च सरकारी वकिल कार्यालय गठन गरिएको बताए। भाषा आयोग गठन गर्नु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीले बताए। संविधान कार्यान्वयनको लागि विभिन्न कानुन निर्माण गर्न विधेय पेश गरेको उनले बताए। संसदबाट १४ वटा विधेयक पारित भएको र ३९ वटा विधेयक विचाराधिन रहेको दाहालले बताए।

स्थानीय र संघीय निर्वाचन समयमै सम्पन्न गरि संविधान कार्यान्वयन गर्न सरकारले सबै तयारी गरेको प्रधानमन्त्रीले बताए। स्थानीय तहको पुनसंरचना गर्ने काम अन्तिम चरणमा रहेको उनले बताए।

उनले यो अवधिमा आर्थिक क्षेत्र पनि सकारात्मक भएको बताए। आर्थिक परिसुचक सकारात्मक भएको उनको भनाई छ।

सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारीसँग कुरा गर्दै समयमा नै काम सम्पन्न आग्रह गरेको बताए।

तराई मधेस आन्दोलनमा मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको र जनयुद्धमा वेपत्ता तथा मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम घोषाणा गरिएको बताए।

भूकम्प पछिको पुननिर्माणमा ३५ सय जनशक्ति परिचालन गरिएको, भूकम्प प्रतिरोधि घर निर्माण गर्न १९ सयलाई डकर्मी तालिम दिइएको उनले बताए। भूकम्प पीडितलाई दुई लाख रकमबाट वृद्धि गरि ३ लाख पुर्याइएको सरकारका उपलब्धिमा उल्लेख छ। धरहराको निर्माण तत्काल प्रारम्भ हुने उनले बताए।

सरकार गठन भएपछि ११ सय ५१ पटक बजार अनुगमन गरिएको प्रधानमन्त्रीले बताए। हेलो सरकारमा एप्सबाट सुझाव पठाउन सकिने व्यस्था सरकारले गरेको बताए। यस्तै हाम्रो सुदुरपश्चिम मोवाइ एप्स निर्माण गरिदै गरेको र हत्केलामा नीजामति सेवा नामक एप्स बनाइएकोलाई उपलब्धिमा समेटिएको छ।

नयाँ बर्षमा मेलम्चीको पानी काठमाडौंमा आउने गरि काम गर्ने निर्देशन दिएको र विकास निर्माणका काम तोकिएको समयमा गर्न निर्देशन दिएको बताउँदै उनले ति काममा आर्थिक अभाव हुन नदिने बताए।

दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिने र पत्रकारको सुरक्षाको विषयलाई समेटेर नीति ल्याउन लागेको दाहालले बताएको समाचार नागरिकन्युजमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution