उत्कृष्ट १० बाट बाहिरियो सलमानको बिग बोस

काठमाडौं । सलमान खानको रियालिटी शो बिग बोस सिजन १० लाई दर्शकले मन पराएका छैनन् । शो मा देखाईएको ईन्डियावाले र सेलिब्रेटीबीचको केमेष्ट्रिले दर्शकको मन जितेको छैन । उल्टै अहिले त बीग बोस हेर्ने दर्शकको सङख्यामा कमी आएको छ ।
पहिलेको तुलनामा बिग बोस लगातार पछि पर्दै आएपनि उत्कृष्ट १० पर्ने गर्थ्यो । तर यसपाली भने बीग बोस उत्कृष्ट १० मा समेत पर्न सकेको छैन । टेलिभिजन अडियन्स मेजरमेन्ट ईन्डिया रेटिंगको ४३ औँ हप्ताको रिपोर्टमा बिग बोस १८ औँ नम्बरमा छ । ४२ औँ हप्तामा यसको रेटिंग सातौँ नम्बरमा थियो । तर ४३ औँ हप्तामा भने निकै पछि सरेको छ ।
यो रेटिंगको पहिलो नम्बरमा कलर्श च्यानलको नागिन २ छ । नागिनमा मौनी रोय, अदा खान करणवीर बोहरा लिड रोलमा छन् । यो शो कलर्श च्यानलमा शनिबार र आईतबार राती ८ बजे टेलिकास्ट हुँदै आएको छ ।