हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नवनिर्वाचित राष्ट्रपतिविरुद्ध अमेरिकाभरी व्यापक प्रदर्शन

trump-b

वासिङ्गटन, २६ कात्तिक । निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै रहेका छन् ।

निर्वाचन अभियानको क्रममा आवेशमा आई उहाँले मेक्सिकालीहरुलाई “अपराधी”, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई “बदमास र देशद्रोही” भन्ने शव्दले आरोप लगाएपछि रुष्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्याटिक समर्थकहरु समेत मिलेर देशका सबैजसो ठूला, साना सहरहरु सर्वत्र जुलूस, नाराबाजी गर्दै ट्रम्प बिरोधी प्रदर्शनको श्रृङखलावद्ध अभियान नै शुरु भएको छ ।

निर्वाचन परिणाम घोषणापश्चात् शुरु शुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले “निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको बिरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सञ्चारमाध्यमहरुले उक्साएर आएकाहरु, बदमासहरुको कुकृत्य” भनी ट्वीटरमा लेख्नु भएको थियो ।नवनिवार्चित राष्ट्रपतिको ट्वीटर सन्देशले अरुमा पनि उत्तेजना बढ्न मद्दत पुग्यो र प्रदर्शनकारीहरु थपिँदै गई दुई तीन दिनभित्रै देशभरी नै विरोधको शृङ्खला फैलिन गै कतै कतै हिंसात्मकसम्म पनि भएको जनाइएको छः

पोर्टल्याण्ड, ओरिगानः ट्रम्प विरोधी व्यापक प्रदर्शनले यहाँ उग्ररुप लिन लागेको छ । उहाँको ट्वीटर सन्देशप्रति प्रतिकृया जनाउने क्रमले आगोमा ध्यु थप्ने काम गरेको छ ।

कतिपय अल्लारे ठिटाहरुको हातहातमा क्रिकेट वा हकीका ब्याट समेत हुनाले विरोध प्रदर्शन आपराधिक, विध्वंशात्मक र खतरनाक प्रवृत्तिमा परिणत हुने सङ्केत देखिएको कारण ओरिगान प्रहरीले यसलाई “दङ्गा” को दर्जा दिइ सोही अनुरुप नियन्त्रणका कदम अपनाइने जनाएको छ ।

सिकागोः देशका अन्य भागमा जस्तै ट्रम्पविरोधी व्यापक प्रदर्शन यहाँ पनि सल्केको छ । सिकागोमा अवस्थित “ट्रम्प टावर” बाहिर हजारौंको जुलूशले नगरको प्रमुख व्यापारिक केन्द्र वरिपरी सडक आवागमन अवरुद्ध पार्दै पैदलयात्रा गरेका छन् ।

केही प्रदर्शनकारीहरु ट्रम्पको स्वमित्वको ९८ तल्ले होटेल परिसर बाहिर भेला भै चर्को स्वरमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुलाई कतिपय बाहिरिया व्यक्तिहरुले पनि हात हल्लाउँदै समर्थन जनाइ रहेका छन् ।

माइनापोलिसः सयौं प्रदर्शनकारीहरुको पैदलयात्राले गर्दा जहिले पनि ब्यस्त रहने माइनापोलिसको इन्टरस्टेट ९४ राजमार्गको दुइ लेनकै आवागमन अवरुद्ध भएको छ । माइनसोटा विश्वविद्यालयबाट निस्केका सयौं विरोध प्रदर्शनका कार्यक्रम र भीडका कारण ट्विन सिटिज, फ्र्याङकलिन एभिन्यु र सेन्ट पउल जस्ता ब्यापारिक नगरीहरु पनि दुई दिनसम्म ठप्प रहेका छन् ।

फिलाडेल्फियाः ट्रम्पविरोधी व्यापक प्रदर्शन सल्किएर दोस्रो दिन पनि फिलाडेल्फिया प्रभावित भएको छ । सिटी हलनजिक सयौं प्रदर्शनकारीहरु जम्मा भै “ट्रम्प विरुद्ध एकजूट होऔं”, “ट्रम्प हाम्रा राष्ट्रपति होइनन्”, “सबैका लागि सुरक्षित अमेरिका” जस्ता नारा अङ्िकत प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुका नाराले फिलाडेल्फिया महानगर गुन्जायमान भै रहेको छ ।

“हामीले नयाँ राष्ट्रपतिलाई होइन बरु एकअर्कालाई प्रेम, सद्भाव र सम्मान गर्नुपर्छ भन्ने सम्झौं” भन्ने नाराका साथ प्रदर्शनकारीहरुको भीडले फिलाडेल्फिया महानगरको पैदलयात्रा गरिरहेको छ । फिलाडेल्फिया प्रहरीले यस क्षेत्रको जनप्रदर्शन शान्तिपूर्ण भएको जानकारी दिएको छ ।

माइनसोटा स्टेट प्याट्रोल र सेन्ट पउल प्रहरी बलका जवानहरु साइरन बजाउँदै प्रदर्शनस्थल पुगे तापनि कुनै अप्रिय घटना भने हुन पाएको छैन ।

बाल्टिमोरः ट्रम्पको विजयप्रति असन्तुष्ट रहेका सयौं प्रदर्शनकारीहरुले यहाँ पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरु पैदलयात्रामा बाल्टिमोर फुटबल मैदान हुँदै नगरको व्यापारिक केन्द्र, इनर हार्बर तथा अन्य भागमा परिक्रमा गरिरहेका छन् ।

सडक आवागमन अवरुद्ध पारे तापनि विरोध प्रदर्शन चाहीँ शान्तिपूर्ण नै छ । बाल्टिमोर प्रहरीले प्रदर्शनकारीको संख्या ६ सय जति भएको अनुमान लगाएको छ । दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए तापनि कुनै अभियोग भने लगाएको छैन ।

त्यसैगरी, सानफ्रान्सिस्को, लसएन्जलस, अस्टिन, ग्य्रान्ड –यापिड्स, मिसिगन लगायत मुलुकका सबैजसो नगर तथा महानगरहरुमा हजारौं जनताहरु ट्रम्प विरोधी नाराबाजी, जुलूस र प्रदर्शनीमा सडकमा उत्रेका छन् । रासस ÷एपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution