हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बैदेशिक रोजगारमा मृत कामदारका सन्तानलाई दिने छात्रवृत्ति बढाइँदै

कार्तिक २६, २०७३- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सन्तानलाई स्कुले शिक्षाका निम्ति दिइँदै आएको छात्रवृत्ति रकम बढाइने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कार्यविधि संशोधन गरी छात्रवृत्ति रकम बढाउन लागेको हो ।

अघिल्लो वर्षदेखि छात्रवृत्ति वितरण गरिँदै आए पनि न्यूनतम सर्तको दायरा साँघुरो भएको र आवश्यक प्रचार नभएका कारण ६२ जनाले मात्रै यो छात्रवृत्ति पाएका थिए । यसअघि छात्रवृत्ति कार्यविधिमा वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका सरकारी स्कुलमा पढ्ने एक सन्तानलाई छात्रवृत्ति स्वरूप आर्थिक सहायता दिने उल्लेख थियो । कक्षा १ देखि ८ सम्म पढ्ने भए वार्षिक ६ हजार र ८ देखि १० कक्षाका विद्यार्थी भए वार्षिक दस हजार रुपैयाँ दिने प्रावधान थियो । बोर्डले यो प्रावधानलाई थप फराकिलो बनाउँदै रकम वृद्धि गर्ने र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सबै सन्तानले छात्रवृत्ति पाउने गरी कार्यविधि संशोधन गर्न आँटेको छ । बोर्डले तयार पारेको संशोधन प्रस्ताव अहिले कानुन मन्त्रालयमा पुगेको छ । बोर्डका कार्यकारी निर्देशक काफ्लेका अनुसार २०६५ यता मृत्यु भएका कामदारका सन्तानले छात्रवृत्ति नलिएको भए आवश्यक प्रक्रिया पूरा गरेर छात्रवृत्ति लिन सक्ने समाचार इकान्तिपुरमा छ |

कार्यविधि संशोधन अन्तिम चरणमा रहेको काफ्लेले बताए । संशोधन भएपछि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको सन्तान सरकारी वा संस्थागत जुनसुकै स्कुलमा पढेका भए पनि छात्रवृत्ति पाउनेछन् । साथै कक्षा १ देखि ८ सम्म पढ्नेले वार्षिक १० हजार र ८ देखि १२ सम्म पढ्नेले वार्षिक १२ हजार पाउनेछन् । यसअघि करार अवधिभित्र मृत्यु भएका कामदारका सन्तानले मात्रै छात्रवृत्ति पाउने गरेकामा संशोधन प्रस्तावमा श्रम स्वीकृति लिएर गएका सबै कामदारका सन्तानले पाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीबाट पूर्ण रूपमा अपांग भएर फर्किनेका छोराछोरीले पनि यस्तो छात्रवृत्ति पाउने गरी संशोधन प्रस्ताव अघि बढाइएको छ ।

बोर्डका अनुसार यस्तो छात्रवृत्ति पाउन वैदेशिक रोजगारीमा मृत्यु भएको प्रमाण पुग्ने कागजात विद्यालयमा पेस गर्नुपर्छ । यसैका आधारमा विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको छात्रवृत्ति समितिमा उक्त विवरण पठाउँछ । समितिले छात्रवृत्तिबारे सिफारिस गरेपछि बोर्डले वार्षिक रूपमा जिल्ला शिक्षा कार्यालयमा रकम पठाइदिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution