कतारमा भट्टराईले भने ‘अबको राजनीतिले व्यक्तिको आर्थिक सुधार गर्नुपर्छ ’

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको राजनीतिले व्यक्तिको जीवनमा आथिर्क समृद्धि ल्याउनु पर्ने बताएका छन् ।
अन्तराष्ट्रिय नेपाली समाज कतारले विहिबार कतारको दुहामा आयोजना गरेको कार्यक्रममा डा.भट्टराईले विगतको राजनीतिले व्यवस्था बदल्ने गरेको भन्दै अबको राजनीतिले व्यक्तिको आर्थिक सुधार गर्नु पर्नेमा जोड दिए ।
उनले भने ‘एउटै मात्र आय स्रोत पेट्रोलियम पद्धार्थको भरमा कतार सवृद्ध मुलुक बन्न सक्छ भने नेपाल जल सम्पदा, कृषि प्रधान,प्राकृतिक सम्पदा भएको मुलुक किन बन्न नसक्ने भन्दै भट्टाराईले सवृद्धिका लागि लड्नु पर्ने बताए ।
कतार व्यक्तिको जीवनकालमा संबृद्ध बन्न सफल भयो । कतारी नागरिकको प्रतिव्यक्ती आय एक लाखमाथी भएको उनको भनाई थियो । भट्टराईले संवृद्धि नेपाल निर्माण अभियानका लागि आर्थिक विकासको आयश्यक्ता पर्ने र त्यो पूरा गर्न सत्तामा पुग्न जरुरी रहेको बताए । यसको लागि आगमि चुनावमा नयाँ शक्ति नेपाललाई पहिलो पार्टी बनाउन संगठन विस्तारमा सहयोग गर्न भट्टराईले आह्वान गरेका छन ।
गाउँ, प्रदेश र केन्द्रीय स्तरिय विकासका मोडेल भने सत्तामा पुग्नु अगाडि नै ल्याउने भट्टराईले बताए ।