हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

राष्ट्रिय विभूति फाल्गुनन्दको १३२औं जन्मजयन्तीको अवसरमा नयाँ शक्तिको शुभकामना

f

किराँत धर्मका महान गुरु, समाज सुधारक र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३२औं जन्मजयन्तीको अवसरमा नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।

आजभन्दा झण्डै एक शताब्दीअघि पनि उनले तत्कालीन समाजका विकृति र विसंगतिहरुका विरुद्ध सुरु गरेका सामाजिक अभियानहरु अझै पनि उदाहरणीय, मननीय र प्रेरणादायी रहेका छन् । हत्याहिंसा गर्न नहुने, झूठो बोल्न नहुने, सृष्टिकर्ता नारीलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, मांशाहार तथा मदिरासेवन गर्न नहुनेजस्ता समाज सुधारको अभियान सुरु गरेका उनले त्यतिबेलै लडाईबाट विश्व शान्ति स्थापना हुन नसक्ने निष्कर्ष निकालेका थिए । आफ्नो भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धन हुनुपर्छ भन्ने फाल्गुनन्द मौलिक र व्यवहारिक अर्थनीतिका पक्षपाति थिए ।

बहुभाषा, धर्म, संस्कृतिको धनी नेपालमा सबै भाषा, धर्म, क्षेत्र, लिंग, जाति समुदायको अधिकारसहितको एकताबाट मात्र आर्थिक समृद्धि सम्भव छ भन्ने मान्यता नयाँ शक्तिले लिएको छ । १३२औं फाल्गुनन्द जन्मजयन्तीको अवसरमा संविधानमा सबैको स्वामित्व स्थापित गर्दै उन्नत राष्ट्रिय एकतामार्फत समृद्धिमा जान हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

खिमलाल देवकोटा
प्रवक्ता






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution