पूर्वराजा ज्ञानेन्द्रले सिआईए र नेपाली सेना प्रयोग गरि सताउने गरेको पूर्व नेपाली सेनाका ईन्जिनियरको आरोप

२४ कार्तिक । पूर्व नेपाली सेनाका ईन्जिनियर लेफ्टिनेन्ट कर्णेल किरण राणाले पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह तथा हिमानी शाहद्वारा नेपाली सेना तथा अमेरीकी राष्ट्रपति बाराक ओवामाको स्वीकृति लिई नेपालमा अमेरीकी शक्ति तथा सिआइए प्रयोग गरी उनीहरुले आफूलाई अनेक किसिमको दुःख दिने गरेको आरोप लगाएका छन् ।
सेनाबाट सन् २०१२ मे महिनामा अवकाश लिएका राणाले उक्त कार्य सन् २०१२ अगष्टवाट सुरु भएको दाबी गर्दै भने,‘सिआईए तथा नेपाली सेना प्रयोग गरि उहाँहरुले मलाई दुःख दिनुको कारण उहाँहरुको परिवारसंग विगतमा झै–भगडा भएको र उहाँको गैर–कानुनी ब्यापारीक कार्यहरुको बारेमा मैले बोल्दा यस्तो भएको जानकारी हुन आएको अनुमान हुन्छ ।’
राजधानीमा आज पत्रकार सम्मेलन गरेर राणाले यस्तो आरोप लगाएका हुन् । इन्टरनेट ह्रयाक गर्ने र युटुब तथा याहुको विज्ञापनबाट आफूसँग अमेरीकी सिआईले सन्देश आदान प्रदान गर्ने कार्य गर्दै आईरहेको समेत उनले आरोप लगाएका छन् ।
उनले अहिले आफूलाई नै वेरोजगार बनाई अनेक किसिमका खेल खेल्दै आएको, अमेरीकीहरुले मलाई विविए र एमबिए पढाएको भनि अनावश्यक किसिमसंग समय बर्बाद गरेको, आफूलाई बानी व्यवहारमा सुधार ल्याएको भनी अनावश्यक टिकाटिप्पणी गर्दै आएको, अमेरीकी, भारत, नेपाली सेना तथा राजपरिवारहरुको बीचमा राजनीति खेल्ने माध्याम बनाएको, प्रधानसेनापति बनाउने खेलमा पनि आफुलाई अनावश्यक किसिमसंग मुछ्न खोजेको र बैदेशिक रोजगारको ब्ल्याक मेल गर्दै आएको, अमेरीकीहरुले राजा तथा राजपरिवारहरुको सम्पूर्ण गैर कानुनी कारवाहीको मेसेजहरु पठाई,प्रहरी तथा सम्वन्धित निकायमा पठाई त्यसवाट छुटकरा लिएको जस्ता आरोपहरु लगाएका छन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘नेपाली सेनालाई राजपरिवारवाट गर्दै आई रहेको शोषण तथा गुलामीकोबारे प्रहरी तथा रक्षा मन्त्रालयमा जानकारी गराई सो वाट मुक्त पाएको, मलाई नेपाली सेना तथा अमेरीकी र अमेरीकी पक्षको व्यक्तिहरुको अण्डर राखी अनावश्यक शोषण तथा पेल्दै आएको र मलाई विशषेगरी यताको न उताको बनाइ पेन्डुलम बनाई राखेका छन् ।’
उनले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘मलाई र मेरो परिवारलाई प्रयोग गरी भारत तथा अमेरीका पक्षको सर्पोट लिई अनेक राजनीति गर्ने भान भएको महशुस गर्दछु, साथै आफ्नो आर्थिक नोक्सानको बारे कतैवाट पनि सोध भर्ना भएको छैन ।’