नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको पत्नी अर्थात फस्ट लेडी नै आप्रवासी

९ नोभेम्बर – बुधबार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि अमेरिकामा रहेका करोडौँं आप्रवासी त्रासमा छन्। चुनावी प्रचारका क्रममा आप्रवासीप्रति अनुदार भाषण गरेका ट्रम्प नै राष्ट्रपति बनेपछि अमेरिकी आप्रवासीबीच तनाव बढेको हो।
यद्यपी धेरै अमेरिकन आप्रवासीलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्प पत्नी आप्रवासी मोडल भएको कुरा थाहा नहुन सक्छ । ट्रम्पकी तेस्री अर्थात् कान्छी पत्नी मेलिनिया स्लोभाकियामा जन्मिएकी हुन्। सन् १९७० अप्रिल २६ मा स्लोभानियाको सेभनिकामा जन्मेकी मेलिनियाको बाल्यकाल त्यही बित्यो। माद्यमिक विद्यालयदेखि नै डिजाइन र फोटोग्राफी पढेकी मेलिनिया १६ वर्षकै उमेरमा मोडलिङमा प्रवेश गरेकी थिइन्।
अहिले अमेरिकी ’फस्ट लेडी’ बनेकी मेलिनियाले १८ वर्षकै उमेरमा इटालीको एक मोडलिङ संस्थामा काम गर्न थालेकी थिइन् । उनले सोही संस्थामार्फत् विभिन्न म्यागेजिनका आवरणका लागि ’कभर गर्ल’ बनेकी थिइन् । सेक्स अपिलका लागि छापिएका उनका तस्बिरले उनलाई चर्चित मोडल बनाएको थियो।
बल्यकालदेखि नै मोडलिङमा सोख भएकी मेलानिया पाँच फिट ११ इञ्च अग्ली छिन् । उनको ट्रम्पसँगको पहिलो भेट सन् १९९८ मा भएको थियो । संयोग नै भन्नुपर्छ जतिबेला ट्रम्पसँग उनको भेट भयो त्यही बेला ट्रम्पले उनकी दोस्री पत्नीसँग डिभोर्स गरेका थिए । एक वर्षको संगतमै ट्रम्पले मेलानियासँग सन् २००५ मा विवाह गरे।
ट्रम्प पत्नी अर्थात् ‘फस्ट लेडी’ मेलानियाले सन् २००१ मा अमेरिकाको ग्रिनकार्ड लिएकी हुन् । ट्रम्पसँगको विवाहको एक वर्षमै उनले नागरिकता लिएकी हुन् । मेलानिया र ट्रम्पका एक छोरा छन् । । मोडलिङ क्षेत्रकी चर्चित गर्ल मेलानिया विभिन्न भाषाकी ज्ञाता हुन् । उनलाई उनको मातृभाषा स्लोभानियन, सर्वियन, जर्मन, अंग्रेजीसँगै फ्रेन्च भाषाको ज्ञान छ।
उनी आप्रवासी भएकै कारण उनले ट्रम्पले आप्रवासी सम्बन्धी कडा अभिव्यक्ति दिँदा त्यसको प्रतिरोध गर्दै आएकी थिइन्। अमेरिकी फ्रस्ट लेडी नहुँदै विभिन्न कारणले चर्चामा रहेकी मेलानिया ‘फ्रस्ट लेडी’ बनेपछि कसरी अगाडि बढ्छिन् भन्ने जिज्ञासा आम मानिसमा रहेको छ। @ एजेन्सी