हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेपालमा के छ र ?? जापानमा सब थोक छ, भन्नेलाई दावाको तार्किक जवाफ

324993_2_kanyam_ilam_nepal 
दावा छिरिङ तामाङ
जापान टोकियो :  विभिन्न कारणले लाखौंको संख्यामा नेपालीहरु विदेशी भूमिमा रहेका छन् । यही क्रममा म पनि केही वर्षदेखि जापानको टोकियो शहरमा छु ।

14495517_1059035407550140_1491236986267848699_n

मेरो अनुभवले नेपालमा केही सम्भावना र अवसर नभएर होइन । मात्र, युवा चेतना युवा उर्जामाथि विशेषतः सरकार पविर्तनसँगै नीति परिवर्तनका कारण युवा उद्यमीका लागि चुनौती छ र भयो ।

नेपालका ४०–५० लाख युवा विदेशमा भएको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । यद्यपी,युुवा बालवालिका तथा वयस्कहरु नेपालभित्र नै उद्यम व्यवसाय गर्दै दैनिकी चलाउँदै आएको तथ्य पनि प्रष्ट छ । यो तथ्यले नेपालमा केही छैन भन्नेहरुको लागि गतिलो पुष्ट्याई र प्रमाण छदै छ । यो क्रममा अण्डर टेबल मनि नभएको भने होइन । तथापी यो लाइनलाई ब्रेक गर्नुको विकल्प छैन ।

a697417997ad18a13d7fbec22f6270c4

म भन्दै थिए ‘नेपालमा के छ र ? जापानमा सबथोक छ भन्ने प्रसङ्गमा हो ।’ जापानमा समय र प्रविधिले संसारको अर्कै कुना लाग्नु स्वभाविक हो नेपालको दुर दरजबाट जापान पुग्नेहरुका लागि । यहाँको प्रविधि विकासले आकाशमै बुलेट रेल गुडेको देख्न सकिन्छ अनि जमिन मुनि चमत्कारी आलिसान महल र रेलमार्ग निर्माण भएको छ । यहाँको विकासले संसारका जुनसुकै मान्छे छक्क पर्नु कुनै नौलो विषय भएन । मानव निर्मित भौतिक संरचना मात्र हो आखिर गरे के हुन्नर ? यही प्रविधि नेपालमा पनि गर्न नसकिने भन्ने छैन । केवल इच्छाशक्तिको खाँचो छ ।

तपाई हामी जस्ता युवाको हातमा कुनै राजनीतिक पाटिको झन्डा होइन विकास निर्माणको गल सावेल र कोदाली हुनुपर्छ । संसारमा प्रविधिमा पछिपरेको देशले यहि औजारबाट विकासको सुरुवात गर्नुको दोस्रो विकल्प छैन ।

म नेपाली हुँ । म अध्ययनको लागि अहिले जापानमा छु । मेरो व्यक्तिगत विवेकले भ्याएसम्म ‘ मेरो देश नेपालमा विश्व चलाउने मन्त्र छ र त सब थोक छ ।’ जापानमा के अवसर र सम्भावा होला र सबै विकास र निकास भैसक्यो, जहाँ विकासमा पछि परेको छ भौतिक विकासको गति कम छ त्यहि अवसर र सम्भावना बढि हुने होइनर ? यही विषय नेपालमा छ ।

नेपालको भौगलिक विविधता, आफैमा प्राकृतिक दृश्य अन्य मुलुकमा कहाँ पाइन्छ हेर्न ? म जापानमै बसेर पनि यो दृश्य आँखा अघि नै देख्छु । जहाँ नेपाल छ जहाँ पहाड नदिनाला, मुल्य मान्यता परम्परा र संस्कृतिको मौलिक पहिचान । यही हो सुन्दरता यही हो नेपालको गौरव । हामीसँग भावना र मानवता छ । मौलिकता र धर्म । भाषा र साँस्कृतिक विविधता छ ।

gallery_image335

प्रवासमा आएर आफ्नो रहनसहन, सँस्कृति भुलेको छ अनि मित्रता पनि । खाडि मुलुकमा जाने र जापान, अष्ट्रेलिया र अमेरीका जानेहरुमा केही भिन्नता होला कसैको बाध्यता त कसैको विदेशी मोह । जापान अमेरीका छौ भन्दैमा घमन्ड नगरौ । नेपाली थिए, छु र हुने छु भन्नेहरु देख्न र सुन्न नपाइयोस । तथापी स्वार्थीको भूल हुने छ । हामी जापान बसेर येन कमाउछौ । येनमा नै खर्च हुन्छ । अमेरिका बस्नेले पनि नेपाली रुपैंया खर्च गरी डलर जोगाउने पक्कै होइन । यसमा विचार गरौ, यहाँ बढि आम्दानी खर्च पनि बढी र नेपालमा कम आम्दानी कम खर्च भएको पनि सत्य हो । केही साथिले यो भुलेको हो याँ साँच्चिकै भुलेका हुन् ।

जापानमा मान कमाएर नेपाली मन नविगारौ । देशको लागी सकारात्मक भएर सोचौ । विकास हाम्रै पालामा गर्न सकिन्छ । विदेशमा रगटिए जसरी नेपालमा रगटिने हो भने जापानको मान नेपालमा आफै फल्ने छ । जापानमा हुनेहरुले दैनिक १८ घन्टा खटिरहेको हुन्छ । काम होस या पढाई । नेपालमा यसरी काममा खट्ने हो भने के छैन ? विकास गर्न नसर्किलार ? यहाँको वेन्तोउ र यामातोमा चुहाउने पसिना आफ्नै खेत बारीको पाटा अनि आफ्नै देशविकासमा बगाउन पाए विकास र सुविधाको लहर आफै फैलने छन् । सबै आ–आफ्नो ठाँउबाट अघि बढ्ने हो भने गरिखानको लागि नेपाल सरकारको मुख ताकिरहनु पर्दैन ।

mountain-007

हामी सक्छौ आफ्नो लागि आफै गर्न । उर्जाशिल युवाहरु अब विदेशमा होइन स्वदेशमै पसिना चुहाउन देश फर्कऔं । कामको सम्मान गरौं । समृद्ध नेपालको परिकल्पना गरौं । परिकल्पना गरेका योजनालाई सार्थकता दिन एक पटक सोचौं ‘ नेपालमा सब थोक छ ।’

सिन्धुपाल्चोक :  (हाल जापान)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution