अमेरिकाको ४५औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितको नजिक ४ मत आवश्यक

अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी उन्मुख देखिएका छन्। मंगलबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अझै जारी छ । अहिलेसम्मको नतिजा हेर्दा ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलारी क्लिन्टनलाई धेरै पछाडि छोडीसकेका छन्। मत गणना भइरहेको निर्णाय प्रमुख राज्यहरुमा समेत ट्रम्पले अग्रता लिइरहेका छन्।
अहिलेसम्म भएको मतगणना अनुसार डोनाल्ट ट्रम्पले २६६ इलेक्ट्रोल मत सहित अगाडि छन् भने हिलारी २१८ मै अड्किएकी छन्।अब अमेरिकाको नयाँ राष्ट्रपति बन्न डोनाल्ट ट्रम्पलाई ५४ मध्ये ४ मत आवश्यक पर्छ भने हिलारीलाई ५२ मत आवश्यक रहेको छ।५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ।