हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेपाल आदिवासी जनजाति महासंघ केन्द्रको महाधिवेशन मंसिरको दोस्रो साता

कार्तिक २३ |नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । महासंघ संघीय परिषदको बैठकले आउँदो मंसिर ११ देखि १३ मा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासंघको विधानअनुसार महाधिवेशन गत चैतमा सम्पन्न भइसक्नुपथ्र्यो । ‘आन्तरिक कारणले महाधिवेशन केही ढिलो भएको छ,’ महासंघका अध्यक्ष नगेन्द्र कुमालले  भने, ‘मिति तय भएको छ । केही दिनभित्र महाधिवेशनस्थल टुंगो लाग्छ । महासंघमा ५६ जातीय संस्था संलग्न छन् ।

हरेक तीन वर्षमा महाधिवेशनबाट जातीय संगठन प्रतिनिधिमध्येबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत कार्यसमिति चयन गर्ने गरिएको छ । यसअघि २०७० चैतमा चितवनको सौराहमा आठौं महाधिवेशन भएको थियो ।

महासंघले सरकारसित संघीय प्रदेश, स्थानीय तह, विशेष संरक्षित र स्वायत्त क्षेत्रको नामांकन आदिवासी जनजातिहरूको ऐतिहासिक, भाषिक, सांस्कृतिक पहिचानको आधारमा हुनुपर्ने माग राख्दै आएको छ । संविधानको धारा ८८ र १५६ अनुरूप समानुपातिक उम्मेदवारको बन्दसूचीमा निर्वाचित प्रतिनिधि छान्दा पहिलो हुने निर्वाचित हुने पद्धतिबाट जनसंख्याको अनुपातमा प्रतिनिधित्व भइसकेको जातजातिबाट नभई त्यसमा निर्वाचित नभएकाहरूलाई न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित गर्न पहिलो प्राथमिकता र निर्वाचित भए पनि जनसंख्याको अनुपातमा कम निर्वाचित भएको समुदायलाई दोस्रो प्राथमिकतामा राख्ने थप व्यवस्था गर्न भनेको छ ।

साथै, आदिवासी जनजातिलाई हरेक तहको निर्वाचित संस्थाको अतिरिक्त राज्यका सबै अंग र तहमा जातीय जनसंख्याको अनुपातमा समानुपातिक र समावेशी प्रतिनिधित्वको हक हुनुपर्ने माग राख्दै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution