हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नेपाल ३–० ले ब्रुनाईलाई हराउँदै एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा

nepall

कार्तिक २३  |नेपाली राष्ट्रिय फुटबल टिम ३–० ले ब्रुनाईलाई पन्छाउँदै मंगलबार एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सरावत स्टेडियममा हात पारेको जितसँगै ४ अंक जोडेको नेपाल समूह ‘ए’ विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित नतिजा निकालेको थियो । पहिलो खेलमा टिमोर लेस्टेमाथि ४–० को जित रचेको ब्रुनाईको एक खेलअगावै सेमफिाइनल यात्रा निश्चित भएको थियो ।

उपाधिको दाबेदार मानिएको नेपालले अब सेमिफाइनलमा लाओस वा मंगोलियाको सामना गर्नेछ । ब्रुनईमाथि हात पारेको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरे ।

नवयुग श्रेष्ठको गोलसँगै नेपालले पहिलो हाफको इन्ज्युरी टाइममा १–० को अग्रता लिएको थियो । मिडफिल्डर हेमन गुरुङले प्रहार गरेको बल ब्रुनाईका डिफेन्समा लागेपछि पेनाल्टी क्षेत्रमा रहेका फरवार्ड नवयुगले पाएका थिए । त्यसमा उनले प्रहार गरेको बल ब्रुनाईका गोलकपिरले रोकिदिए । फेरि बल उनले नै पाए र यसपटक भने उनले सहज गोल गर्दै नेपाललाई पहिलो हाफको इन्ज्युरी टाइममा अग्रता दिलाएका थिए ।

आर्मीका फरवार्ड नवयुग श्रेष्ठले नेपाली राष्ट्रिय टिम बंगबन्धु गोल्डकप च्याम्पियन हुदा ४ र १२ औं सागमा नेपाल यू २३ ले स्वर्ण जित्दा ७ गोल गरेका थिए । पहिलो हाफमा ब्रुनाईले पनि दुईपटक डरलाग्दा आक्रमण गरेका थिए । तर, त्यसमा नेपाली डिफेन्स र गोलकिपर किरण चेम्जोङले बल क्लियर गर्दै नेपालको संकट टारेका थिए ।

भरत खवासले ७२ औं मिनेटमा गरेको गोल उत्कृष्ट रह्यो । विमलको कर्नरमा नवयुगको हेड पासमा प्राप्त बललाई १८ यार्ड लाइनको ठीक भित्रबाट भरतको ‘भली’ सुन्दर गोलमा परिणत भएपछि नेपालको अग्रता दोब्बर भयो ।

नेपालको तेस्रो गोल विमलले पेनाल्टीमार्फत् गरे । उनले ८० औं मिनेटमा बायाँ खुट्टाले बललाई पोष्टको दिशा दिएका थिए । नवयुगले पास दिएको बल लिन दौडने क्रममा उनलाई ब्रुनाईका डिफेन्सले तानेर लडाएपछि नेपालले त्यस पेनाल्टीको अवसर पाएको थियो ।

नेपालले ब्रुनाईलाई पहिलोपल्ट पराजित गरेको हो । यसअघि यी दुई टिम एकपटक मात्र खेलेका थिए । सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपको समूह चरणमा ब्रुनाईले नेपाललाई २–१ ले हराएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution