हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

दलाई लामा भेटेर देउवाले चीनलाई चिढाए: महामन्त्री शशांक

hqdefault
कार्तिक २३, धनगढी :  कांग्रेसका महामन्त्री डाक्टर शसांक कोईरालाले, पार्टी सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामालाई भेट्नु भनेको चिनिया नागरिकलाई चिढाउनु भएको बताए ।

प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोईरालाले यस्तो बताएका हुन । ‘पार्टी सभापति देउवाले भारतमा गएर किन ‘फ्रि तिब्बत’ का नेतालाई भेटे ? त्यो कुरा पार्टीलाई केही थाहा छैन’ उनले भने ।

काँग्रेसको नीति ‘एक चीन’ भएको स्पष्ट पार्दै महामन्त्री कोईरालाले लामासँगको भेटघाट पार्टी सभापतिको ब्यक्तिगत भएको पनि बताए । ‘काँग्रेस उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतसँग समदुरीमा बस्न चाहन्छ’ उनले भने ।
धर्म निरपेक्ष नरुचाएका महामन्त्री कोईरालाले, हिन्दु राष्ट्रका लागि जनमत संग्रहमा जानुपर्ने बताए । ‘अहिले संविधान कार्यान्वयनका लागि राज्यको पुर्नसंरचनाको काम भईरहेको छ, अर्कोतिर महाभियोगको कुरा चर्चामा छ, अझ मुलकुका सामु तीन/तीन वटा निर्वाचनको चुनौती छ, त्यसैले हिन्दु राष्ट्रको कुरा अहिले नै चर्चामा ल्याउनु हुदैन’ उनले भने ।

तीन वटा चुनाव सकिएपछि, धर्म निरपेक्षताका लागि जनतामा जानुको विकल्प नरहेको कोईरालाको दाबी थियो । भारतले अहिले अंगीकृतको कुरा उठाएको चर्चा गर्दै ‘भारतले सोनीया गान्धीलाई प्रधानमन्त्री हुन नदिने अनी नेपालमा अंगीकृतलाई प्रधानमन्त्री राष्ट्रपति बनाउनुपर्छ भन्नुमा कुनै नैतिक आधार छैन’ उनले भने ।

‘नेपाल सानो मुलुक भएकाले, भुपरिवेष्ठित भएकैले भारतीय नागरिकले नेपालका सम्पत्ती किन्न पाउदैन, यो सन १९५० को सन्धीमै छ, सानो मुलुक भएका नाताले यसको स्वतन्त्रताका लागि भारतले नै त्यो सन्धीमा हस्ताक्षर गरेको छ’ उनले भने ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution