हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मौरीले यसरी भरियो चेपाङ गाउँ

1

कार्तिक २३, हेटौँडा: मकवानपुरको बिकट काँकडा गाविस–१ सिलिङ्गे गाउँ मौरीले भरिएका छन् । चिउरी फुल्न थालेपछि मकवानपुरको हेटौँडा, मनहरी सहित बिभिन्न गाविस र चितवनका व्यवसायीहरुले यहाँ मौरी चराउन ल्याएका हुन् ।
चितवन सुर्यपुर–७ का मौरीपालक किसान डिल्लीप्रसाद बजगाँई ५० घार मौरी लिएर सिलिङ्गे पुगेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको लोथर बजारबाट करिब आठ घण्टाको पैदल दुरीमा पुगिने सिलिङ्गेमा बजगाँईले १२ वर्षदेखि मौरी चराउँदै आएका छन् । ‘चरन क्षेत्र राम्रो भएकाले कात्तिकको अन्तिमदेखि फागुनको पहिलो सातासम्म यहाँ मौरी चराउँदै आएको छु’, उनले भने, ‘विषादी नहालेको चिउरी फूलको रसबाट बनेको मह अलि महंगो मुल्यमा बिक्री हुन्छ ।’
बजगाँईसँगै मनहरीका सालिकराम बानियाँ पनि मौरी चराउन सिलिङ्गे पुगेका छन् । ५० घार मौरी चराउन सिलिङ्गे पुगेका बानियाँले भने, ‘मकवानपुर र चितवनमा यो भन्दा राम्रो मौरी चराउने ठाउँ छैन ।’ अन्य फूलहरु छिट्टै ओईलिएर रस सुक्ने भएपनि चिउरीको फूलमा तीन महिनासम्म रस पाईने उनले बताए । बजगाँई र बानियाँसँगै दुई दर्जन मौरी पालक किसानहरु मौरी चराउन सिलिङ्गे पुगेका छन् । ‘अरु व्यवसायीहरु पनि आउँदै हुनुहुन्छ, काँकडामा कात्तिकको अन्तिमसम्म पाँच हजार घार मौरी चराउन ल्याईन्छ’, बानियाँले भने, ‘मौरी चराउन राखेबापत स्थानीय जग्गाधनी चेपाङहरुलाई प्रति घार ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।’

2
१५ वर्ष अघि चितवनका मौरी पालक किसानहरुले काँकडामा मौरी चराउन ल्याउन सुरु गरेका थिए । बाहिरबाट ल्याइएका मौरी चराउने क्रममा यहाँका चेपाङहरुले पनि मौरी पाल्न सिकेका छन् । काँकडाका चेपाङ र तामाङहरुले करिब तीन हजार घार मौरी पालेको मौरी पालक किसान संघका अध्यक्ष आईतसिं चेपाङले बताए । ‘मौरी पालनले यहाँका बिपन्न चेपाङ र तामाङरुको दैनिकीमा पनि सुधार आएको छ’, उनले भने ।
काँकडा गाविसमा जिल्लामै सबैभन्दा बढी चिउरीको जंगल रहेको जिल्ला बन कार्यालय मकवानपुरले जनाएको छ । चेपाङ समुदायमा छोरीको बिवाहमा चिउरीको बिरुवा दाईजो दिने परम्परा रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution