हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको आयोजना हुदै

पोखरा | बैदाम तामाङ समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०१७ को आयोजना गर्ने भएको छ । तामाङ समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ पोखरा आयोजना गर्न लागिएको समाजका अध्यक्ष ज्याक तामाङ्ले बताए ।

पहिलो संस्करणको मिस तामाङ प्रतियोगिताको सफलताले हौसिएर दोस्रो संस्करणको कार्यक्रम गर्न लागेको तामाङले  बताए । प्रतियोगिताका लागि पोखरामा उपलब्ध तामाङ समुदाय, समाज र अभिभावकहरुलाई आह्वान गरिसकेको कार्यक्रम संयोजक जेसिका तामाङले  जानकारी दिए । ‘प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ संस्कार र संस्कृतिलाई युवा पुस्तामाझ बुझाउन र हस्तान्तरण गर्नका लागि गरिएको हो ।’ उनले भनिन ।

प्रतियोगीहरुलाई १ महिना सम्म तामाङ भाषा सिकाइनुका साथै, तामाङ जातीको परम्परा, रितीरिवाज, संस्कार र संस्कृतिका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका विषयमा तालिम प्रदान गरिने सह–संयोजक जयन्ती मोक्तानले बताए । यसका अलावा ब्यक्तित्व बिकास, बोल्ने कला, तनाव ब्यवस्थापन, महिला सशक्तिकरण, आत्मविश्वास, करियर विकास सम्बन्धी तालिम पनि दिइने छ । पहिलो मिस तामाङ पोखरा निमा तामाङले  तामाङ समुदायका युवतीहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गर्दै भने ‘रकममा दिइने पुरस्कार राशी ठुलो होइन रहेछ, आफ्नो जातीको बारेमा अध्ययन गरेर समुदायको गौरब बन्नु चाँही ठुलो कुरा रहेछ ।’

माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु निमा रुम्वा, कुन्ती मोक्तान, मिलन लामा लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङले  बताए । उक्त कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ शान्ती गुम्बा निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution