हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बिहेको ३ दिन मै बेहुली गर्भवती भएको थाह पाएपछि….

रामेछाप जिल्ला बेथान ३ की १८ वर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुई सय भन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी गरगहना पनि लगेका थिए ।

विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि भईकन वित्यो । संस्कार अनुसार तीनदिन दिनमा दुलहन फर्काउनको लागि ससुराली गए ।

सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान आए ।

उनले श्रीमतीलाई हेर निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुभएन उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मैरे लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।

केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँगसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वलाले विरामी भएकामा शंका लाग्न थाल्यो ।

श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने ।

जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’

गाउँलेद्वारा गाउँ निकाला गर्ने निर्णय

हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँहरुको भेलाले सपना खडका र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी दाजु र बहिनी हुन् ।

यस्ता गतिविधिले गाउँमा विसंगती बढ्ने भन्दै आगामी दिनमा विकृति र विसंगती रोक्नको लागि गाउँ निकाला गर्ने निर्णय गरिएको स्थानीय प्रदिप खडकाले बताए । उनले भने,‘गाउँमा विकृति बढ्दै गएको छ त्यसलाई रोक्नको लागि यो घटनाबाट पाठ सिक्नुपर्छ ।’

आफ्नै दाजु बहिनीबीच अवैध सम्बन्ध रहनु र विवाह गरेर पठाएपछि अवैध रुपमा गर्भपतन गराउनु अपराध नै हो, उनीहरुले गर्दा घरपरिवारको सदस्यहरु समेत गाउँमा बदनाम भएको छ’,उनले भने । अझ रोचक त के छ भने, राधेश्याम खडकाको गत फागुन २६ गते गुन्सीभदौरेस्थित हिल्केटारमा मागि विवाह भएको थियो । उनकी श्रीमति हाल गर्भवती रहेकी छिन् ।

चार जनालाई कारवाहीको माग

विवाह गरेको वीस दिनमै गर्भवती भएको थाहा पाएपछि घर पक्षले फिर्ता गरेपछि यो घटनालाई गुपचुप बनाउको लागि बेथानका आफूलाई बुद्धिजीविहरुले पैसा खाएर घटनालाई अन्त्य गर्न चाहेका थिए । तर एक कान दुई कान मैदान भनेझै घटना विस्तारै बाहिर आयो । गाउँलेले वीस दिनमै फिर्ता गर्नुपर्ने कारण खोज्दै इलाका प्रहरी कार्यालय बेथानमा झण्डै दुई सय जनाले हस्ताक्षर गरेर निवेदन दिए ।

केटा माइला केसी र उनका बुबा हरि बहादुर केसी र बेथानका धुव्र खडका, इन्द्र खड्का,अर्जुन खत्री र बेहुकीका काका कविन्द्र खडकाल बसेर एक लाख साठि हजारमा मुद्दा मिलाएका थिए । सहमति अनुसार केटा पक्षलाई ६० हजार रुपैयाँ दिने र केटीलाई अर्को केटा खोजेर विवाह गर्नको लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो ।

एक लाख ६० हजार रुपैयाँ राधेश्यामका बुबा नेत्रबहादुर खडकासँग असुलिएको थियो । समाजमा विकृति र विसंगतीमा संलग्नलाई कारवाही गर्नुको सट्टा पैसा लिएर गुपचुप गराउन लागेको भन्दै चौकीमा मुद्दा दाहेर गरेका थिए ।

गाउँहरुको भेलाले चार जनाको विरुद्ध मुद्दा हालेको इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रमेश थापाले बताए । उनले भने,‘निवेदन परेको छ, छलफल गरेर निकास निकाल्नको लागि गृह कार्य भइरहेको छ ।’  @ लालीगुराँस अनलाइन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution