हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सुजाता कोइराललाई खुला पत्र,दश लाखले उपचार हुनेमा एक करोड किन चाहियो ?

sujaataaa

शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई १० महिनाअघि स्तन क्यान्सर देखियो । क्यान्सर भएपछि तुरुन्तै ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइन् । क्यान्सर भएको स्तन झिकेर ६ ‘साइकल’ केमो दिएपछि ठीक भइन् । अहिले पूरानै जीवनशैलीमा फर्किसकेकी छिन् । भन्छिन्, ‘मेरो कार्यशैली र बोलीव्यवहार हेरेर मान्छेहरु भर्खरै क्यान्सर जितेकी मान्छे भनेर पत्याउँदैनन् ।’ क्यान्सरलाई जितेपछि उनी आजकाल यस सम्बन्धमा सचेत रहन र भइसकेपछि नआत्तिइ उपचारमा लाग्न सल्लाह दिइरहेकी हुन्छिन् । काँग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको समाचार आएपछि उनलाई पनि केही सुझाव दिन चाहेकी छिन् । अझ नआत्तिन हौसला दिन चाहन्छिन् । नेपालमै र अझ सस्तोमै उपचार हुने विषय बताउन चाहन्छिन् । यसका लागि उनले कोइरालालाई भेट्न खोजिरहेकी छिन् ।

प्रिय बहिनी सुजाता कोइराला,

मैले बहिनी यसकारण भनिरहेकी छु कि उमेरले मभन्दा तपाईं कान्छी हुनुहुन्छ । मलाई तपाईंसँग धेरै कुरा गर्न मन छ । एक राजनीतिज्ञ भएका हिसाबले तपाईंसँग धेरै अपेक्षा छन् । महिला भएर पनि तपाईंले आफ्नो पार्टीमा देखाइरहेको साहस र नेतृत्व क्षमताकी म पनि प्रशंसक हुँ र राजनीतिक भविष्यकी शुभेच्छुक पनि । यतिबेला म राजनीतिभन्दा पनि तपाईंको स्वास्थ्यलाई लिएर केही सुझाव दिन चाहन्छु, आफैं भुक्तभोगी भएकाले । म पनि स्तन क्यान्सर भएर भर्खरै तंग्रिएकी हुँ ।

मेरो उपचार सकिएको जम्मा ४ महिना भएको छ । यसकारण क्यान्सर भएपछि हुने पीडा, यसले दिने मानसिक र आर्थिक तनाव मैले भुलिसकेकी छैन । तपाईंलाई यो बेला सबैभन्दा बढी दृढ आत्मविश्वास चाहिन्छ । जसले रोगसँग लड्न सघाउँछ । त्यसमाथि पनि पहिलो चरणमै क्यान्सर पत्ता लागेको भन्ने सुनेकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन । म आफैं नर्स भएका नाताले पनि स्तन क्यान्सर अरु क्यान्सरभन्दा निराकरण गर्न सहज क्यान्सर भएको जानकारी गराउँछु । त्यसकारण तपाईं चाँडै निको हुनुहुनेछ भन्ने अपेक्षा छ |

मैले पाएको समाचार गलत छैन भने तपाईंले यसको उपचारका लागि सरकारसँग रु १ करोड माग्नुभएको रहेछ । यस विषयमा भने मेरो विमति छ । मैले जीवनका ४० वर्ष स्वास्थ्य सेवामा बिताएँ । आर्थिक आम्दानीका हिसाबले एउटा नर्सको कमाइ कति हुन्छ ? त्यो मैले अवगत गराइरहनुपर्ने कुरा होइन ।

यो अवस्थामा पनि मैले यसको उपचारका लागि हात थाप्नु परेन । अर्थात् मेरो आर्थिक अवस्थाले उपचारका लागि धान्यो । यदि १ करोड रुपैयाँ लाग्ने भए मैले उपचार गराउन सक्थें त ? त्यसैले यसको उपचार नेपालको राम्रै निजी स्तरको क्यान्सर अस्पतालमा पनि ७÷८ लाख रुपैयाँमै हुन्छ भन्ने अवगत गराउन चाहन्छु । बढीमा १० लाख रुपैयाँ लाग्ला, १ करोड त यसको १० गुणा बढी भइहाल्यो । यहाँनेर गुणस्तरीय उपचारको कुरा आउला । विदेश जानुपर्ने कुरा आउला । मलाई पनि नेपालमा उपचार नगरी भारत जान धेरैले सुझाएका हुन् । तपाईंलाई त अझ अमेरिका नै पुग्नुपर्छ भनेर सल्लाह दिनेहरु होलान् । यदि तपाईं–हामीजस्ता व्यक्तिले नेपाली डाक्टरलाई विश्वास नगर्ने हो भने कसले विश्वास गर्छ ? हामीले नै नेपालमा यसको उपचार हुनुपर्छ र गर्नुपर्छ भनेनौं भने कसले भन्ने ? के तीन करोड नेपालीकै हैसियत विदेश गएर उपचार गराउने छ त ? त्यसो छैन र होइन भने देशका लागि केही गर्न अघि बढेको तपाईंजस्तो व्यक्तिले सर्वसाधारण जनताको भरोसाका लागि पनि नेपालमै उपचार गराउनुपर्छ । म ढुक्कै भन्छु– तपाईंलाई भएको क्यान्सरको उपचार गर्न नेपालकै डाक्टर र अस्पताल सक्षम छन् ।

नेताले सरकारबाट सहयोग लिने कुरामा पनि मेरो विमति छ । त्यसमा पनि तपाईंजस्तो व्यक्तिसँग उपचार गराउन लाग्ने बढीमा १० लाख रुपैयाँको अभाव होला भन्ने लाग्दैन । यदि तपाईंलाई १ करोड उपचारका लागि दिइन्छ भने सर्वसाधरणलाई किन नदिने ? के उनीहरुको बाँच्न पाउने अधिकार छैन ? राजनीति गर्नेलाई मात्रै सहयोग दिने परिपाटी हो भने अहिले सांसद नै ६०१ छन् । पूर्व गरेर १२ सय जति सांसद पुग्लान् । पूर्व प्रधानमन्त्री, मन्त्री गरेर कति होलान् । सबै उमेरले पाका हुँदै गएका छन् । केही न केही रोग लाग्ने पनि पक्का छ । कसरी धान्ला त देशको ढुकुटीले ? मेरै उदाहरण दिने हो भने पनि मलाई नर्सिङ संघले उपचारका लागि १ लाख २५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । मैले सोचें, त्यो रकम मभन्दा कमजोर आर्थिक अवस्था भएकाका लागि किन खर्च नगर्ने वा यो रोगसम्बन्धि सचेतनाका लागि प्रयोग किन नगर्ने ? त्यसैले लिइसकेकी छैन । यस्तै केही काममा लगाउने बिचारमा छु । मजस्तो जीवनभर जागीर गरेर जिविकोपार्जन गर्नेले यसरी सोचेकी छु भने तपाईंहरुले अझ खुला दिलले सोच्नुपर्छ भन्ने मेरो अपेक्षा हो |

अन्त्यमा, रोग ठूलो दुःख हो । क्यान्सरले अझ पीडा दिन्छ । कति दिन्छ, मैले महसुस गरेकी छु । समय पाएँ भने तपाईंलाई भेटेर आफ्नो उपचार अनुभूति सुनाउन चाहन्छु । जसले तपाईंलाई थोरै भएपनि पीडामा मल्हमको काम गर्न सक्छ । धन्यवाद ।

– तारा पोखरेल @ स्वास्थ्यखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution