अभिनेत्री सुकुमायाले बाँदरलाई बिस्कुट दिएपछि………

कार्तिक २२, काठमाडौं : तामाङ अभिनेत्री सुकुमाया मोक्तानले बाँदरलाई बिस्कुट बाँडेकी छिन् । तामाङ चलचित्रमा निकै रुचाईएकी अभिनेत्रीले सामाजिक सञ्जाल मार्फत बाँदरलाई विस्कुट दिएको तस्विर पोष्ट गरेकी छिन् ।
तामाङ सिने जगतमा सुकुमाया कुशल अभिनेत्रीको रुपमा स्थापित छिन् । साथै उनी निर्देशक पनि हुन् । सामाजिक सेवामा समेत उनी क्रियाशिल छिन् ।
उनका फ्यानहरुले उक्त तस्विर निकै रुचाईएको पाइन्छ । यो समाचार तयार गर्दासम्म ९ सय ३५ जनाले लाइक गरेका छन् भने २० जनाले प्रतिक्रिया दिएका छन् ।
यो तस्विरले मोक्तान जनावरप्रति स्नेह गर्ने कलाकारको रुपमा प्रस्तुत भएको देखिन्छ । एक तस्विरमा भने उनी डराएकी छिन् । उक्त तस्विर कालिञ्चोक यात्राको क्रममा खिचिएको आशंका गरिएको छ ।
तस्विर स्रोत भने खुलाएको छैन ।।