इजरायलमा चासोक तङ्नाम (न्वागी पुजा) भव्यताको साथ मनाउने तयारी

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा किराँत याक्थुङहरुको राष्ट्रिय चाड २०७३ को चासोक तङ्नाम (न्वागी पुजा) १६ डिसेम्बर २०१६ (शुक्रबार) साँझ ७ बजे देखि याद हरुचिम स्ट्रीट -१६ तेलअविव इजरायलमा रहेको पार्टी हलमा भव्यताको साथ मनाउने भएको छ |
परम्परागत तवरले न्वागी पुजा गर्नुका साथै याक्थुङ पोसाकमा कलाकारहरुले याक्थुङ संस्कृति झल्कने बिभिन्न मनोरन्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रम संगीतमय वातावरणमा मनाउने जानकारी संस्थाले दिएको छ |
चासोक तङनाम (न्वागी पुजा) साथै सांस्कृतिक कार्यक्रमलाई अझ धमकेदार बनाउनका निम्ति नेपालबाट आमन्त्रित लिम्बू भाषी तथा पुर्वका लोकप्रिय (गायक) कलाकारहरु राजु आङदेम्बे(राज कुमार) र यादन सेर्मा कार्यक्रममा प्रस्तुति रहने भएको छ | साथमा इजरायलवासी स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने समेत जनाएको छ |
इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा कार्यक्रम उपस्थितको लागि संस्था द्वारा सबैलाई हार्दिक अनुरोध गरेको छ |