स्कुल प्रिन्सेसमा सेविका लामा विजयी, ३० हजार सहित प्रमाणपत्र पाइन

कार्तिक २१,काठमाडौं : हेटौँडाको जेनिथ इन्टरनेशनल एकेडेमीकी छात्रा सेविका लामा स्कुल प्रिन्सेस र सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङका छात्र आषुश आलेमगर स्कुल प्रिन्स २०१६ बन्न सफल भएका छन् । बिभिन्न चरणहरु पार गरी निर्णायकहरुले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै लामा र आले मगर स्कुल प्रिन्सेस÷प्रिन्स बन्न सफल भएका हुन् ।
बिजेताहरुले क्रमशः ३० हजार, २० हजार र दश हजार नगद सहित प्रमाणपत्र, शिल्ड तथा क्राउन प्राप्त गरेका छन् ।
फुयुजन डान्स एण्ड एरोविक हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा नौ विद्यालयबाटका २० जना छात्रा र ७ जना छात्रले प्रतिस्पर्धा गरेका थिए । यस्तै फस्ट रनरअप सोलिड्यारिटी इन्टरनेशनलकी खुशी लामा र बालजागृति बोर्डिङका छात्र विषेश थापा भएका छन् । सेकेण्ड रनरअप खुशी काफ्ले र नविन लामा भएका छन ।
सहभागिहरुलाई एक महिनासम्म कोरियोग्राफर मनु लामा, धनु लामा र कविता थापाले बिभिन्न प्रशिक्षण दिएका थिए ।