आदिवासी जनजाति महासंघ बहराइनको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा काजी थापा मगर

सोनम दोङ -मानमा बहराइन | नेपाल आदिबासी जनजाती महासंघ बहराइनको प्रथम महाधिवेशन “‘आदिबासी जनजातिको अभियान, पहिचान, संघियता र पूर्ण समानुपातिक, समाबेसी प्रतिनिधित्वको लागि नयाँ संबिधान” भन्ने मुल नाराको साथमा ४ नोभेम्बर २०१६ (शुक्रबार)का दिन बहराइनको राजधानि मानमा स्थित अवाल होटलको सभा हलमा सम्पन्न भएको छ ।
नेपाली राष्ट्रिय गान पश्चात् आदिबासी राष्ट्रिय धुनमा ५ वटा जातिय संस्थाका सदस्यहरुले आ आफ्नो जातिय पहिचान झल्किने भेषभुषाको प्रदर्शन संगै सुरु भएको उक्त अधिबेशनलाई तत्कालीन महासचिव प्रल्हाद लिङ्देनले संचालन गर्नु भएको थियो |
नेपाली दूतावासका का. वा. राजदूत खगराज पान्डे ज्यु प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, एन आर एन ए का महासचिव राज कुमार बस्नेत र समाजसेवी गम बहादुर गुरुङ ज्यु को बिशिस्ट अतिथ्या रहेको थियो।
कार्यक्रममा बहराइन तामाङ सेवा समाजको महासचिब सोनम दोङ तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो भने जनजाति महासंघ बहराइनका सचिब झहरमान थेबेले महासंघको औचित्य माथि प्रष्ट पार्दै उपस्थित सबैको जिज्ञासा् मेटाएको थियो। बहराइनका लागि कार्यबाहक राजदुत खगराज पान्डे, समाजसेबी अग्रज गम बहादुर गुरुङ,राजनीतिक भातृ संगठनका प्रतिनिधि लगायत विभिन्न ब्यक्ति विशेषहरुले आ आफ्नो सुभकामना मन्तब्य राख्नु भएको सो अधिबेशन द्वारा काजि थापा मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको छ। पदाधिकारीहरुमा अध्यक्ष – काजी थापा वरिष्ठ उपाध्यक्ष- ज्ञान बहादुर तमु,उपाध्यक्ष -बिरेन्द्र तुम्बापो,महासचिव-झहर थुप्पोको थेबे,सचिब – पदम गुरुङ , सह-सचिव प्रमेश तमु,अर्थसचिव – रेशम पुर्जा मगर ,सह-कोषाध्यक्ष (प्रथम)अमृता नाल्बो,सहकोषाध्यक्ष (द्वितीय)- च्याङ्वा लामा तामाङ,सदस्यहरुमा – सोनाम दोङ तामाङ ,अमर गुरुङ र सदस्य – डिल्ली तुम्सा रहेका छन् |
नव निर्बाचित अध्यक्ष काजि थापा मगरले नयाँ नेत्रित्वले अझ झनै ससक्त रुपमा कसैको अधिकार माथि क्षय नहुने किसिमले आदिबासी जनजातिको हक अधिकार, अस्तित्व, पहिचान समाबेसीता लगाएतका मुद्दाको निम्ति ससक्त रुपमा दबाद दिदै भोलिको समृद्ध नेपाल निर्माणको निम्ति महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भएको छ ।
बहराइनमा कृयासिल विभिन्न संग संगठनका प्रतिनिधिहरु,व्यावसायि,कलाकार,पत्रकार लगायत बहराइनबासी दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम अति नै रोमान्चक पनि रहेको थियो \ ५ वटा जातीय संस्था मगर संघ बहराइन,तमु समाज बहराइन,किरात याक्थुङ् चुम्लुङ् बहराइन,तामाङ् सेवा समाज बहराइन,किराँत राइ यायोक्खा बहराइन महासंघ संग आवाद्ध रहेका छन् |
पाँचै वटा संस्थाको तर्फबाट आ- आफ्नो जातीय पहिचान झल्किने प्रस्तुति ( सास्कृतिक झांकी ) कार्यक्रमको आकर्षण थियो भने कार्यक्रमलाई थप रोमान्चक बनाउन ‘अन्तराष्ट्रिय कलाकार समाज’ बहराइनका देउसी भैलो नाचको प्रस्तुतिले थप संगीतमय र तिहार मय पनि बनाएको थियो ।