अन्तराष्ट्रिय युवा शक्ति कतार (नयाँ शक्ति पार्टी) को प्रथम भेला सम्पन्न

दोह । अन्तराष्ट्रिय युवा शक्ति कतार (नयाँ शक्ति पार्टी) को प्रथम भेला गत ४ तारिख (शुक्रबार)सनैयाको लेबर सिटि महलमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथिमा नयॉं शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय युवा शक्ति केन्द्रका केन्द्रिय संयोजक बि.बि खराल रहनु भएको थियो |अन्तराष्ट्रिय मुस्लिम बिभाग संयोजक पिर मोहमद तथा विशेष अतिथिका रुपमा केन्द्रिय सदस्य सुरेन्द्र शाह रहेका थिए |
अन्तराष्ट्रिय नेपाली समाज ( INS) कतारका संयोजक खरालले बर्तमान स्तिथिमा देशमा देखिएको लोकमान काण्ड ,भने अर्को भारतिय रास्ट्रपतिको नेपाल भ्रमण स्वागत योग्य भएको तर स्वागत योग्यमा देखिएको प्रबृत्ति गलत रहेको बताउदै बिदेसिएका नेपाली ले आफ्नो घरायसी प्रयोजनमा लाने कुनै पनि सामानमा सरकारले मापदण्ड र चर्को भन्सार लगाएर उनीहरुको स्वाभिमान लाई कुठराघात गरेको र रेमिटेन्स र युवा जनशक्ति बिदेशीलाई बेचेर पनि नपुगी उनीहरुले फर्किदा घरायसी समान नेपाल लादा लगाइने मापदण्ड र भन्सारको चर्को बिरोध गरेका छन् |
साथै संघिय जनमुक्ति पार्टीको प्रबास भातृसंगठन अन्तराष्ट्रिय जनमुक्ति मन्चकमिटी पुरै एकता भएको कार्यक्रम भब्य र अबस्मरणिरय रहेकोमा आयोजक तथा त्यहॉं पाल्नुहुने बुद्धिजिबि ,विभिन्न सामाजिक सस्थाका प्रतिनिधि र पार्टी केन्द्रिय सदस्य लगाएत सबै नयाँ शक्ति कतारका अभियानताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।