तराईमा छठ पर्ब विधिवत रुपमा सुरु, सुर्य र छठी मातालाइ पूजापाठ

कार्तिक १९, काठमाडौं : अत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने सांस्कृतिक प्रतिविम्बको चाड छठ पर्ब शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने तथा सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व शुक्रबारदेखि विधीवत रुपमा शुरु भएको हो ।
कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात शुक्रबारको दिनलाइ नहाए खाएके (नुहाउने खाउने) दिन पनि भन्ने गरिन्छ । छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले खोला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् । छठको दो श्रो दिन शनिवार अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर (रसीआव) तथा गहुको रोटी प्रसादका रुपमा पकाउछन् ।
उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको ते श्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । त्यस दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा सकिन्छ ।
छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिने गरिन्छ । अर्घ दिनका लागि ब्रतालुहरुले गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गर्छन् । यस्तै मुला, गाजर, बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु , बोडी लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।
अत्यन्त कठिन र निष्ठापुर्वक मनाइने छठ पर्बमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सुर्य भवानको पुजा गरिन्छ ।छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।
तराइमा छठ पूजाको तयारी तिब्र
पर्सा , बारा लगायत तराइका जिल्लाहरुमा छठ पूजाको तयारी तिब्र रुपमा भइरहेको छ । यही कात्तिक २१ गते आइतवार परेको छठ पूजाका लागि मध्यतराइका जिल्लाहरुमा रहेका छठी घाटहरुमा सरसफाइ , सजावट र व्यवस्थापनका कामहरु तिब्र रुपमा भइरहेको हो ।
वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर , रानीघाट , छपकैया , नगवा , मुर्ली , पिपरा गरि दुइ दर्जन स्थानमा छठघाट बनाइएको छ । यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा , पोखरीया , बहुअरी , भिस्वा , लंगडी , सेढवा , धोरे , विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी , तलाउ र नदि छेउमा पनि छठघाटको सजावटको काम भइरहेको छ ।
मुलुकमै छठपूजाका लागि ख्याती कमाएको वीरगन्जको घडीअर्वा पोखरी परिसरमा छठघाट सजाउने काम विशेष रुपमा भइरहेको छ ।
घडीअर्वा पोखरी छठघाटमा पन्डाल , बिजुलबत्ती र फुलको सजावटमा मात्रै यसपाली ११ लाख ५० हजार रुपैया खर्च गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव मनोहर साहले बताए । विगतका वर्षहरु भन्दा यसपाली अझ व्यवस्थित र सुन्दरतका साथ छठघाटलाइ सजाउने काम भइरहेको छ , सचिव साहले भने ।
घडीअर्वा छठघाटामा आइतवार साँझ र सोमबार बिहान गरि करिब दुइ लाख ५० हजार भक्तजन र दर्शनार्थीहरु आउने अनुमान गरिएको समितिका अध्यक्ष बाल्मिकी साहले बताए । छठका ब्रतालुहरु मात्रै चार हजार दुइ सय जति यहा आएर छठी माता र सुर्य भगवानको पूजाअर्चना गर्छन् , उनले भने ,‘ त्यस्तै यो छठघाटको मनमोहक सजावट र छठमाताको दर्शन गर्न अढाइ लाख भक्तजन र दर्शनाथीहरु आउने गर्छन् ।