हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सामाजिक सञ्जालमा चर्चित ‘तरकारीवाली’

kusum-sht

चितवन-‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’ (भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जा गरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्री अझै लोकप्रियताको पहिलो नम्बरमा कायम छ। अहिले उनको सौन्दर्य चर्चा बिबिसी अनलाइनमा मात्रै होइन, इन्टरनेट भरि छ। ती युवती हुन्–गोरखाकी १८ बर्षीय चेली कुसम श्रेष्ठ  ।

पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा कुसुम आफ्नो फोटोले‘धुम’मच्चाएको सुन्दादंग छिन् । बिहीबार मध्याह्न भेटिँदा थाहा भयो– उनी जति सुन्दर छिन् लजालु पनि त्यत्ति नै रहिछन् ।

फिस्लिङ बजार झर्दै गर्दा बाटोमा भेटिएकी कुसुम हामीलाई देख्नासाथ लजाएर जिब्रो टोक्दै मुखै छोप्न पुगिन्। ‘देश, दुनियाँमा यसको फोटो पुग्यो रे भन्ने सुनेको हो । यस्तो चर्चा होला भनेर कसले सोचेको थियो र मेरी छोरी सानैदेखिको लजालु खासै बोल्न जान्दिन,’कुसुम खुल्न गाह्रो माने पछि उनका बुबा ४३ वर्षीय चन्द्रनारायण श्रेष्ठले भने।

निलो कुर्था, रातो सुरुवालमा बुट्टे सल हालेकी सामान्य भन्दा केही अग्ली कुसुम मनकामना मन्दिर जान गाउँबाट झर्दै रहिछन् । खासै शृंगार नगरे पनि उनको अनुहार, जिउडाल र पहिरन मोडलको झैं देखिन्थ्यो। उनी गाउँकी सामान्य परिवारकी एक्ली छोरी रहिछन्।

सामाजिक सञ्जालमा उनको यही तस्बिर भाइरल बनेको थियो।

kusum2

चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै गरेकी कुसुम दसैंदेखि बिदामा घरमा छिन् । बुबा चन्द्रनारायणणले खेतमा फलाएका र अरुको खेतबाट संकलन गरेका टमाटर फिस्लिङ बजारमा बेच्छन् । घरकीएक्ली सन्तान भएका कारण उनले बाबुआमाको काममा सहयोग गर्नुपर्ने हुन्छ ।

गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।

‘फेसबुक त मेरो पनि छ । तर यही फेसबुकले मलाई दुनियाँमा फैलाउँछ भन्ने हेक्का थिएन,’ कुसुमले भनिन् । फोटो भाइरल भएको कुरा रुपचन्द्रले नै आफूलाई जानकारी दिएको उनले बताइन् । त्यसपछि फेसबुकमा म्यासेज र फोन आउने क्रमह्वात्तै बढेको छ ।

‘धेरैले हेरे रे ! खै राम्रो नराम्रो के हुने हो थाहा छैन । छोरी खुसीपनि छ,दिक्क पनि छ । सबैले सोधेको सोध्यै गरेपछि बजार झर्न पनि गाह्रो मान्न थालेकी छ,’ बाबु चन्द्रनारायणले भने । व्यवस्थापन पढे पनि आफ्नो चाहना नर्सिङ पढ्ने रहेको कुसुमले सुनाइन् । तर आर्थिक अवस्थाले नसक्ने भएका कारण व्यवस्थापन पढाएको बाबु चन्द्रनारायणले बताए ।

‘एक्लो छोरी हो उसलाई धेरैभन्दा धेरै पढाउने हो। तर खर्चले धान्नु पनि पर्छ । त्यसैले नर्सिङ पढ्ने चाहना भए पनि भर्ना गर्न सकिनँ,’श्रेष्ठले भने । गाउँको भद्रकाली निमाविमा सात कक्षा सम्म पढेपछि उनले कक्षा आठदेखि घ्याल्चोकको ज्ञानमार्ग माविमा पढ्नि । त्यहीँबाट एसएलसी दिइन्। घ्याल्चोकमा तीनवर्ष डेरामा बसेर पढेकी हुन्।

‘तरकारी बेचेको पैसाले थेग्ने विषय नै पढाउने हो,’ चन्द्रनारायणले भने । आफ्नो तरकारी खेतीले घर खर्च र अहिले छोरीको पढाइलाई ठिक्क भएको उनले बताए । फेसबुकमा ह्वात्तै बढेको छोरीको ख्यातिले किसानको पनि महत्वदुनियाले बुझ्दो रहेछ भन्ने उनलाई लागेको छ । ‘मेरो मनमा लागेको त्यत्तिहो, अरु त के नै होला र!’ चन्द्रनारायणले भने । @ नागरिकन्यूज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution