सन्तोष वाइबाले आफ्नो सांगीतिक प्रेम संवाद खोलेपछि ………

कार्तिक १९, काठमाडौं : मलेसियामा एक दशक रहदा सन्तोष लामा वाइबाले १ सय ७ वटा विभिन्न साँगीतिक इभेन्ट आयोजना गरे । तामाङ कलाकारकै लागि उनले धेरै सांगीतिक क्षेत्रका कार्यक्रम गरे । केही तामाङ कलाकार मात्र नभएर गैर तामाङ कलाकारलाई विदेश यात्राको लागि मलेसियाबाट औपचारिक रुपमा सन्तोषले व्यक्तिगत रुपमै आर्थिक सहयोग गरे ।
सन्तोष आफै पनि कलाकार हुन् । अहिले उनी नयाँ म्युजिक भिडियो बजारमा ल्याउने तयारीमा जुटेका छन् । उनले माथि माथि लेकमा, असारे पानी गीतको म्युजिक भिडियोको तयारी गरेका हुन् । काभ्रे धुलिखेलमा २०४२ जन्मिएका सन्तोषले आफ्नै मात्र करिव दुइ दर्जन गीत बजारमा ल्याइसकेका छन् ।
एक दशक (२०६०–६९) मलेसिया बसेका उनले तीन वर्ष प्राविधिक काम गरे । विभिन्न इभेन्टसँग जोडिएको साँस्कृतिक तथा सांगीतिक कार्यक्रम गरेको थिए सन्तोषले । गाउँमा सामान्य जीवन यापन गरेका सन्तोषले गाउकँै संञ्जिवनी माविमा कक्षा ८ सम्म अध्ययन गरे । यसपछि उनले कामाडौं आएर कुलेश्वर माविबाट एसएलसी उत्तिर्ण गरेको बताए ।
यही क्रममा सन्तोषले आफ्नो कलाकारीता क्षेत्रको विषयमा तामाङ अनलाइनसँग राखेको कुराकानी प्रस्तुत गरिएको छ :
सांगीतिक क्षेत्रमा प्रवेश
म वास्तवमा गीत, संगित मन पराउँने सामान्य व्यक्ति हुँ । गीत गाउँने मेरो सोख थियो । गाउँन सिक्थ्ये पनि । विद्यार्थी हुँदा गीत गाउँने रहर थियो । तीन वर्ष संगीत पनि सिके । यही क्रममा मलेसिया गए । तव विभिन्न आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न समुदायको कार्यक्रमहरुमा माहोल देखेँ । यसपछि नयाँ सोच लिए । आफैले गीत लेखेर गांए ।
मैले मलेसियामा नै ‘विवस्’ नामक एल्वम सार्वजनिक गरें । यसमा तीन आधुनिक र एउटा लोकदोहोरी थियो । तमु समाजको कार्यक्रममा प्रस्तुती दिए । तव मेरो गीत धेरै रुचाइयो । यहीबाट मेरो सागीतिक क्षेत्रमा सफलता मिलेको हो ।
स्थापित गराउँने गीतहरु ः
संक्षेपमा भन्न चाहान्छु ।
सेलोमा ‘माग्नलाई आउँछु’,‘लेकमाथि फूल्ने,’
माथि माथि लेकमा घुम्नमा जाँदा
गुन्द्रकको अचार च्याङख्लाको भात ।।
धुलिखेल चिटिकै,
चरिकोट चिटिकै ,
यस्तै दुःखको गीतमा ‘नेपाली म, गरिवको छोरा, माया भन्ने वेदना जस्ता गीतहरु रहेका छन् । मैले जति पनि गीत गाए प्राय टिपिकल र वास्तविक रहेका छन् । डेट दर्जन जति गीतमा संगीत पनि गरेको छु ।
साँगीतिक क्षेत्रको अनुभव :
मैले आफ्नै देशको ५० जिल्लाको विभिन्न स्टेज कार्यक्रममा गीत प्रस्तुत गरेको छु । केही देशहरुमा पनि पुगेको छु । अहिलेसम्म मलेसिया, कतार, युएईको साँगीतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेको छु ।
यही दशैमा पनि तराईको बागमति, लालबिन्द र धरानको सांगितिक कार्र्यक्रममा प्रस्तुती गरियो । तिहारमा पनि म्याग्दिको बेनिमा सांगीतिक कार्यक्रममा सकिएर फर्किए ।
साँगीतिक क्षेत्रको नमिठो अनुभव :
मलेसियामा नै चिनजान भएको साथि रामकृष्ण लोको शब्द ‘चरिकोट चिटिकै’ गीतमा स्वर दिएको थिए । यो गीत दोलखाको रेडियोमा छायो तर गायक र संगीतकारको नाम लुकाउँदा दुः ख लागेको छ ।
एउटा सन्दर्भ जोड्छु । चरिकोटमा आदिवासी जनजाति महासंघ जिल्ला शाखाको दुइवर्ष अघि अधिवेशन थियो । यो कार्यक्रममा सम्मान छ भनेर हामीलाई लगियो रामकृष्ण लोले तर हाम्रो नाम कतै लिएन । एविसि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण थियो । उहाँले सम्मान लिनु भयो तर सारै नमिठो लाग्यो । पछि उहाँसँग यो विषय उठाउँदा उहाँले हामीलाई भ्यालु नै दिनु भएन ।
यसपछि पनि विभिन्न स्टेजहरुमा ‘चरिकोट चिटिकै’ गाउँदा संगितकार चन्द्र कुमार दोङ र गायक सन्तोष लामा वाइबाको नाम नै हटाएर आफ्नै मात्र नाम उद्घोष गरिएको सुनियो । यति बेला एउटा स्रष्टा र कलाकारको लागि यो भन्दा अन्याय के हुन सक्छ ??
यही गीतमा केही नर्मल भिडियो बनाएका छन् यहाँ पनि गायक र सगीतकारको नाम छुटाएको छ । यही हो नमिठो अनुभव ।
कतिपयलाई अच्चम लाग्न सक्छ । मैले धेरै कलाकारहरुको पहिलो भिषा मलेसियामा निम्तो दिएर लाइदिएको छु । सत्य कुरा भन्नलाई मलाई अफ्ठ्यारो छैन र कलाकारले पनि गर्नु हुन्न भन्ने लाग्छ । अन्जु पन्त, आसुसेन लामा,शसिकला लगाएतको भिषा हाम्रै मेरै टिमले विदेश यात्राको भिषा लगाइ दिएको हो ।
पछिल्लो अवस्थामा प्रपोजल लेख्थ्ये र विभिन्न कम्पनिहरुलाई पेश गथ्र्ये । उनीहरुले कार्यक्रमका लागि कतिले सहजै कतिले असहज रुपमा स्पोन्सर गर्ने गरेको आजै जस्तो लाग्छ । यो क्रममा केही हाम्रै तामाङ साथिहरुले दोहोरो भूमिका खेलिदिदा समस्या भएको थियो ।
मलेसिया तामाङ समाज :
हो, मलेसिया तामाङ समाजलाई जीवित राख्ने मध्य म पनि पर्छु । हामीले केही कठिन परिस्थितिमा यस्लाई जोगाउँदै तामाङ समुदायमाथि उत्तरदायित्व बहन गरेका थियौं । यो क्रममा पासाङ तामाङ पाख्रिन अहिले मलेसियामा होटल व्यावसायमा हुनुहुन्छ । उनको होटलमा नेपाली नै मर्दा पनि यही मलेसिया तामाङ समाजले पासाङलाई बचाएको थियो । केही सेलफिस व्यक्तिहरुको लागि पनि हामीले तामाङ भनेर सहयोग गरेका थियौं । यस्को लेखाजोखा अवश्य हुनेछ । प्रस्तुती : तामाङ नअलाईन