हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बलात्कारको भिडियो हृवाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या

भारत उत्तर प्रदेशकी एक महिलाले बलात्कारको भिडियो सामाजिक सञ्जाल हृवाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छिन् ।स्वास्थ्यकर्मीसमेत रहेकी ४० वर्षीया गीताले बतात्कृत भएको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेकी हुन् ।

गीतालाई कामको शिलशिलामा अवेर रातमा पैदल हिँड्दै नजिकका गाउँमा चिनजान नभएका मानिसको घरमा समेत जानुपर्ने हुन्थ्यो । श्रीमान रक्सीमा लट्ठ हुने भएका कारण उनकै आम्दानीले पुरै घर चलाउन पर्ने बाध्यता थियो । दिनरात काम गरेर उनले आफ्ना एक छोरी र दुई छोराको स्कुले खर्च पुर्‍याएकी थिइन् ।

डिसेम्बर २०१५ मा नजिकको गाउँमा एक युवकले गीताको पिछा गर्न सुरु गरे । ती युवकले आफ्नी गर्भवती भाउजूको गर्भ जाँच गर्न आएको समयमा पहिलोपटक गीतालाई देखेका थिए ।

जब गीताले उसलाई इन्कार गरिन् तब ती युवकले उनलाई एक्लै भेटे नछाड्ने धम्की दिन थाले । अर्को पटक जब गीतालाई ती युवकको गाउँ जानुपर्‍यो तब आफ्नी साथी खुस्बुलाई साथमा लिएर गइन् । खुस्बुले गीतालाई गाउँका बुढापाकालाई ती युबकबारे भन्न आग्रह गरिन् । तर गीताले सबैले आफूलाई दोषी देखाउने भन्दै युवकविरुद्ध बोल्न मानिन् ।

त्यसको केही दिनपछि गीता र खुस्बु पोलियो थोपा खुवाउन गाउँ गएका थिए । उक्त समयमा गीता ती युवकको नकारात्मक हर्कतको शिकार भइन् । ती युवक र उनका तीन साथीहरु मिलेर गीतालाई जबरजस्ती गरे र उनको कपडा च्यातिदिए ।

गीताले आफू बलात्कृत भएपछि प्रहरीकहाँ जाने र पीडकलाई सजाय दिलाएर छाड्ने बताउँदै थिइन् । उनी प्रहरीकोमा जानुपूर्व नै बलात्कारको भिडियो हृवाट्सएपमा सार्वजनिक भइसकेको थियो ।

गीताले गाउँका बुढापाका, पञ्चायतका सदस्यलाई आफू बलात्कृत भएको बताइन् तर उनलाई नै जिम्मेवार भएको बताइयो ।

पोस्टमार्टम रिपोर्टमा उनले विष सेवन गरेको पाइएको छ । पछिल्लो समय भारतमा बलात्कार, सामूहिक बलात्कारका भिडियोहरु सामाजिक सञ्जालहरुमा जाँदा महिलाहरु आत्मत्या गर्न बाध्य हुने गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution