हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रीहरुलाई पाँच बुँदे कडा निर्देशन

pppp
काठमाडौं– आफ्ना पार्टीका मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरुलाई जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीलाई कार्यशैली सच्चाउन र चेन अफ कमान्डमा बसेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज विहान ९ बजे माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । त्यहीँ वैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई दिएको निर्देशन यस्तो थियो |

–सरकार गठनका १०० दिन हुन लागे । तर, तपाईंहरुको काम जनताले महसुस गर्ने गरी भएको छैन । तुरुन्त जनताले महसुस गर्ने गरी काम थाल्नुहोस् ।
–उर्जा मन्त्रीले पहल गरेको देखिन्छ । अरु मन्त्रालय सुस्त भए । यसरी काम चल्दैन । नतिजा देखिने गरी काम गर्नुस् । केही समस्या भए मलाई भन्नुहोला ।

–व्यक्तिगत ढंगले चल्दै नचल्नुहोला । संस्थागत निर्णयमा ध्यान दिनुस् । चेन अफ कमान्डमा चल्नुहोला ।
–मन्त्रीका विषयमा पार्टीकै साथीहरुबाट पनि गुनासा आएका छन् । त्यस्ता गुनासा नदोहोरिउन । जिम्मेवारीका साथ काममा लाग्नुहोला ।

–केपी ओली प्रधानमन्त्री हुँदा भारतीय राष्ट्रपतिलाई निम्ता गरिएको हो । अहिलेका राष्ट्रपतिको चाहनामा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय भएको हो । एउटा पंक्ति यही कुरामा सरकारको विरोध गरेका छ । अनाबश्यक भ्रम फैलाएको छ । तपाईंहरु यस्ता भ्रम चिर्नेतिर ध्यानै दिनुभएको छैन । सरकार विरुद्ध हुने भ्रम चिर्न तपाईंहरुले अलि जोड गर्नुहोल ।

प्रधानमन्त्रीको निर्देशन पाएपछि मन्त्रीहरुले हुन्छ, अव काम गर्छौँ भनेर फर्केका थिए ।

अहिले सरकारमा माओवादीका तर्फबाट आठ मन्त्री छन् । प्रधानमन्त्रीको आजको निर्देशनमा अर्थमन्त्री महरा र उर्जा मन्त्री जनार्दन शर्मा भने सहभागी थिएनन् । महरा काठमाडौंमै भएर सहभागी भएनन् भने शर्मा गृहजिल्ला रुकुम गएका छन् ।

माओवादीका धेरै नेता–कार्यकर्ताले मन्त्रीहरुले आफ्नो तरिकाले काम गरेको गुनासो प्रधानमन्त्री एव्म पार्टी अध्यक्ष प्रचण्डसँग गर्दै आएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution