हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

छठपर्व शुरू

कात्तिक -१९  | हिन्दु धर्ममा सबै पर्वहरूको आआफ्नो महत्व छ । ठूला दुई चाड दशैं र तिहारपछि अब छठ आएको छ । विशेषगरी तराईवासीहरूले धुमधामका साथ मनाउने यस पर्वलाई हिजोआज पहाडी समुदायले समेत अपनाएको भेटिन्छ ।

छठ मिथिलाञ्चलको महापर्व हो । कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने छठमा बाँसबाट बनेका टोकरी, नाङ्लो, माटाका भाँडाकुँडा अनि उखु, सक्खर, चामल र गहुँबाट बनेको मीठो ठेकुवाको प्रयोग हुन्छ । डुब्दै गरेको अनि भोलिपल्ट उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो व्रत गरिन्छ । हुन त वर्षको दुईचोटि छठ मनाइन्छ तर कार्तिक महिनाको छठको आफ्नो विशेष महत्व छ । पारिवारिक सुखसमृद्धिका लागि अनि मनोवाञ्छित फलप्राप्तिका लागि छठ मनाइन्छ । छठ पर्वको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यसको सरलता, पवित्रता र लोकप्रियता हो ।

छठपर्व कसरी शुरू भयो भन्नेमा धेरैथरी मान्यता पाइन्छन् । एउटा कथा अनुसार पौराणिक राजा प्रियंवदको कुनै सन्तान नभएपछि महर्षि कश्यपले उनलाई पुत्रप्राप्तिका लागि यज्ञ गर्न लगाउनुभयो । यज्ञाहुतिका लागि छुट्याइएको खीर प्रियंवदकी पत्नी मालिनीले खाएपछि पुत्र त उत्पन्न भयो तर तत्कालै मरिहाल्यो । प्रियंवद पुत्रको शव लिएर श्मसानघाट गए र पुत्रवियोगमा प्राणत्याग गर्ने मनसुबा बनाए । त्यतिखेरै सृष्टिको मूल प्रवृत्तिको छैठौं अंशबाट उत्पन्न भगवानकी मानसपुत्री देवसेना प्रकट भएर राजालाई भन्नुभयो, ‘मेरो उपासना ग-यौ भने सन्तानसुख पाउँछौ ।’ त्यसपछि राजा र रानीले देवी षष्ठीको व्रत गरे अनि उनीहरूलाई पुत्रलाभ भयो । त्यसबेलादेखि नै छठ पूजा शुरू भएको हो । सूर्यपुत्र कर्णले दिनदिनै जलाशयमा कम्मरसम्मको भाग डुबाएर सूर्यपूजा गरेको मान्यताबाट पनि छठपर्व शुरू भएको देखिन्छ । आजपर्यन्त मानिसहरू छठका बेला जलमा उभिएर अर्घ्य दान गर्छन् । यसरी पानीमा डुब्दा चर्मरोग ठीक हुने मान्यता छ ।

राजपाठ फिर्ता पाउनका लागि द्रौपदीले छठको व्रत राखेको मान्यता पनि छ । त्यस्तै माता सीताले पुत्रप्राप्तिका लागि सूर्यदेवको उपासना गरेर छठको व्रत गरेको कथा पनि सुन्न पाइन्छ । छठ पूजा वास्तवमा सूर्योपासना पर्व हो । सूर्यलाई ब्रह्माण्डको ऊर्जाको स्रोत पनि मानिन्छ । ऋग्वेदमा समेत सूर्योपासनाको प्रसंग आउँछ । ऋग्वेदकालदेखि चरिआइरहेको सूर्यपूजा व्यवस्थित रूपमा मध्यकालदेखि छठका रूपमा चल्न थाल्यो । छठ माता सूर्य भगवानकी बहिनी भएको मान्यता पनि छ । उहाँलाई नै प्रसन्न गर्नका लागि जलमा उभिएर सूर्य आराधना गर्ने प्रचलन छ । एजेन्सीको सहयोगमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution