फूटेर होइन जुटेर ताम्सालिङ प्राप्तिको लागि लडौ : नानु गोम्जा (अध्यक्ष, साईप्रस घेदुङ)

नेपाल तामाङ घेदुङ साईप्रसको २३ अक्टोबरमा भएको प्रथम अधिवेशनबाट सीता तामाङ (नानु गोम्जा) अध्यक्षमा निर्वाचित भएकी छिन । नानुको जन्म २०४४ श्रावन १४ गते नवलपरासी कावासोतिमा भएको हो ।
उनले २०६० सालमा श्री शिव उच्च मावि कावसोतिबाट एसएलसी उतिर्ण गरे । अहिले उनी रोजगारका क्रममा विगत चार वर्षदेखि साइप्रसमा छिन् । तामाङ भाषा, धर्म, संस्कृतिको प्रेरकको रुपमा आफ्नो बुवालाई मान्छन् नानु, । तामाङ समुदायसँगै आम आदिवासी जनजातिको सवालमा सचेत छिन नानु, ।
यही क्रममा साईप्रस घेदुङको ठोस कार्य योजना लगाएतका विषयमा अध्यक्ष नानु गोम्जासँग अर्जुन पाख्रिनले गरेको कुराकानी :
सर्व प्रथम तपाइलाई बधाई छ !
लानाङ लानाङ थुजेछे ।
पहिलो अधिवेसनबाट साईप्रस घेदुङको अध्यक्षमा निर्वाचित हुँदा कस्तो लागि रहेको छ ?
धेरै नै खुसि छु । खुशीसँगै जिम्मेवारी थपिएको महशुस गरेकी छु ।
साथै खुशी यस अर्थमा छु कि, केही वर्षदेखि नै साईप्रसमा कार्यरत सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीलाई एकताबद्ध गरि तामाङ घेदुङ गठन गर्ने सपना थियो । त्यो सपना मेरै नेतृत्वमा सम्पन्न भयो । यो सफलतामा साईप्रसस्थित आम तामाङ नाना आङा, ज्यो ज्यो आले लगाएत विभिन्न संघ संस्थाहरु संघिय समाज, चितवन सेवा समाज साथै अन्य बिदेशी जातिय संघ सस्थाहरुको बिशेष योगदान रहेको छ । यही योग्दानका कारण साईप्रस घेदुङको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएको छु ।
तपाईको पहिलो प्राथमिकता के हुने छ ?
मेरो कार्य अवधीको पहिलो प्राथमिकतामा साईप्रसमा कार्यरत सबै तामाङ दाजुभाई तथा दिदिबहिनीलाई घेदुङमा सदस्यता बनाउने हो । साईप्रसमा सङ्गठित एनआएनए अन्य संस्था लगायत अन्य विदेशस्थित तामाङ संघ संस्थाहरुसंग समन्वय गरि घेदुङलाई एउटा ससक्त सस्थाको रुपमा पहिचान बनाउने दोस्रो योजना छ ।
तपाईको ठोस योजनाहरु के के रहेका छन् ?
सर्बप्रथम त हामी रोजगारीका लागि आएका हौं । १२/ १५ घन्टा डिउटी गरि बचेको समय मात्रै घेदुङ लगायत अन्य सस्थालाई दिने हो । कतिपय अवस्थामा ठोस निर्णय गरिएपनि समयले साथ नदिदा घोषणा गर्नु मात्रै उपयुक्त हुँदैन । मेरो कार्यअबधीमा साईप्रस घेदुङ शाखालाई वैधानिक दिन केन्द्रिय घेदुङसंग समन्वय गर्नेछौं ।यसपछि हामी घेदुङको विधि र विद्यान अनुसार काम गर्नेछौं ।
अन्तराष्ट्रिय तामाङ संघ संस्थासँग कस्तो सहकार्य हुन्छ ?
साईप्रस घेदुङ गठन गर्ने सोच नै अन्तराष्ट्रिय तामाङ संस्थाहरुको गतिविधि देखेर हो । जस्तै तामाङ समाज जापन, तामाङ सोसाइटी अफ अमेरिका , तामाङ घेदुङ कुवेत , तामाङ समाज यु ए ई , तामाङ घेदुङ ईजराईल लगायत अन्य थुप्रै अन्तराष्ट्रि तामाङ संघ संस्थाहरुले तामाङ समुदायहरुलाई पु¥र्याएको योगदान देखेर नै हो । हामी उहाँहरुसँग संस्थागत सहकार्य गर्छौ । जापान तामाङ समाज, कुवेत घेदुङका पदाधिकारीसँग सङ्गठन बिस्तार सम्बन्धी छलफल भएको थियो । बिशेष गरी तामाङ समाज जापानको हिमाल लामा र चसिला तामाङसँग धेरै सल्लाह भएको थियो ।
साईप्रसमा तामाङ समुदायको समस्या र चुनौति कस्ता छन् ?
साईप्रसमा सबैजसो घरयासी कामका लागि आएका महिला दिदिबहिनी छन् । बेलामा उहाहरुलाई छुट्टी मिल्दैन । कम्पनीमा जस्तो साप्ताहिक छुट्टी हुदैन । सबै काम फोन र सामाजिक संजालबाट नै गर्ने हो । काम गर्ने थलो टाढाटाढा हुने भएकाले चाहेको बेलामा भेटघट गर्न पनि गाह्रो हुने गर्दछ । बिदेशमा गाह्रो नै छ । यी समस्याको बाबजुद पनि केन्द्रिय घेदुङको नीति,बिधान सम्मत हामीबाट हुन सक्ने र गर्न सक्ने कामहरु गर्ने प्रतिबद्धता गरेका छौ ।
अन्तमा, आम तामाङ समुदायलाई के भन्नु हुन्छ ?
अन्तमा लामो कसरत र मेहनतका बाबजुत तामाङ घेदुङ साईप्रस गठन गर्न सफल भएका छौ । साईप्रस घेदुङ गठन गर्न सहयोग पुर्याउनु हुने साईप्रस स्थित सम्पुर्ण तामाङ दिदिबहिनी तथा दाज्युभाईहरु लगायत एनआरएनए साईप्रस, चितवन सेवा समाज साईप्रस , संघिय फोरम समाज लगायत विदेश स्थित बिभिन्न संघ सस्था सबैलाई एक चोटि फेरी हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
हामी परिस्थितिले बिदेशिएका छौ तैपनि हामीलाई देश को माया छ हामीलाई हाम्रो जात धर्म संस्कार अनि सस्कृतिको माया छ । यसलाई जोगाउनु तपाईं हाम्रो कर्तब्य हो । देशको अहिलेको स्थितिमा हरेक समुदायले आफ्नो पहिचान , आफ्नो हक अधिकार खोजिरहेको अबस्थामा सबै तामाङ समुदायहरु पनि एक भएर ताम्सालिङ प्राप्तिको लागि लड्नु पर्नेमा सबैमा जोड दिन चाहन्छु ।
हामी फुटेर हैन जुटेर तामाङ समुदायहरुलाई अगाडि बढाउनुको विकल्प छैन । ताम्सालिङ प्राप्तिको लागि म जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहनेछु ।