हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

जम्मुकाश्मीरमा विमल तामाङ मारिए, शव नेपालमा आएन

bimal-tamang-1

कार्तिक १७ ,काठमाडौं : लक्ष्मी पुजाको दिन मात्र बिमलसँग उनका बुबा बलबहादुर तामाङले फोनमा कुरा गरेका थिए । उनी सम्झँदै छन्, ‘बुवा नआत्तिनू। केही हुदैन मलाई ।’ त्यसको एक दिनपछि छोराको मृत्युको खबर आयो । अहिले बलबहादुरको परिवार शोकमा डुबेका छन् ।

भारतको जम्मुकाश्मीरमा धरानका २० वर्षीय बिमल तामाङ मारिएपछि उनको परिवार शोकमा डुबेका हुन् । जम्मुकाश्मीरको हमिरपुरमा कार्यरत रहेका बेला पाकिस्तानी सेनाको गोली लागी धरान–११, सोलिङमार्गका विमल तामाङको मंगलबार निधन भएको हो । निधन भएका बिमल तामाङ भारतीय सेनाको ७÷११ गोर्खा राइफलमा कार्यरत थिए ।

छोराको मृत्युको खबरले शोकमा डुबेको आमा नरमाया स्याङ्बोले भारतीय सेनाले बिमलको शव परिवारलाई नबुझाई उतै दाह संस्कार गरेपछी थप पिडामा परेको बताए । उनको परिवारले बिमलको सम्झनामा फोटो राखेर बौद्ध धर्मशास्त्र अनुसार दाह संस्कार गरिरहेको छ । बलबहादुरका तीनजना छोरा मध्ये माहिलो छोरा किशोर र कान्छो छोरा बिमल भारतीय सेनामा कार्यरत छन् ।

बिमल २०७० साल असार १३ गते धरानबाट भारतीय सेनामा भर्ती भएका थिए । भर्तीपछि तालिम सकेर लखनउ बसेका उनी गत जेष्ठ महिनामा मा मात्रै जम्मू पुगेका थिए । त्यही क्रममा हरेक दिन गरिने पेट्रोलिङका क्रममा फर्किदाखेरी फायरिङमा परी उनको मृत्यु भएको बताइएको छ ।

बलबहादुरका माइलो छोरो किशोर १/११ जिआरमा कार्यरत छन् । बिमलका दाजु किशोरले भारतीय सेनामा कार्यरत रहदा लडाईमा मारिएका जवानहरुलाई भारतीय सेनाको नियम अनुसार उतै दाहसंस्कार गरिएको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution