भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा

काठमाडौं, १७ कात्तिक–तिनदिने राजकीय भ्रमणको लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौ अवतरण गरेका छन् । राष्ट्रपति मुखर्जी मध्यान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्र्तर्राष्ट्रिय विमानस्थलवाट मुखर्जी विशेष विमानस्थल मार्फत नेपाल आएका हुन् । मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी छन् ।