हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अमेरिकामा बलिहाङ तङनाम पर्व भव्यताको साथ सम्पन्न

uss

सुभद्रा लावती, न्यू-योर्क । किरात याक्थुङ चुम्लुङ, अमेरिकाले लिम्बुहरूको महान चाड” बलिहाङ तङनाम २०१६”  अक्टोबर २९ तारिख (बिहिबार)का  दिन  भव्यताको साथ मनाएको छ  । न्यू-योर्कको स्थानिय ज्याक्सन हाईटमा अवस्थित शेर्पा किदुगको हलमा गरीएको उक्त कार्यक्रमको प्रमुख अथित न्यू-योर्कमा रहेको माहावाणिज्य दुतावासका वाणिज्यदुत कृष्ण कुमार सुवेदीले अहिले मनाउँदै आएको दैउसी, भैलो र तिहारको मुहान नै ” बलिहाङ तङनाम” भएको कुरा प्रष्ट राखेका थिए । यस्ता कार्यक्रमहरूले एउटा जातिको संस्कृति मात्र नभई,समग्र नेपाल र नेपालीको पहिचान जोगाउनमा ठुलो मद्दत पुग्ने कुरा बताउँदै प्रमुख अथिती सुवेदीले प्रवासमा सबै नेपालीहरूले आपसी सदभाव र एकता कायम राख्नु पर्नेमा जोडदिएका थिए । बिशेष अथितीको रूपमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लुईसांग वाईवाले सम्पुर्ण आदिवासी जनजातिहरूको भाषा संस्कृति नै नेपालको पहिचान भएको कुरा बताएका थिए ।

लिम्बु पोशाकमा सजिएर आएका लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिती रहेको सो कार्यक्रमामा नेपाली जनसंपर्क समिति अमेरीकाका महासचिव मुनिन्द्र नेम्बाङ , किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय उपाध्यक्ष लिला सिंघक, मगर संघ अमेरीकाका महासचिव मान रानामगर, संघिय समाज अमेरीकाका सचिव लोक चेम्जोङ, कलाकार संघ अमेरीकाका अध्यक्ष सुमन बुढामगर, युक्राका अध्यक्ष केशव राम राई, नेजाका पुर्व अध्यक्ष एवं एभरेष्ट टायम पत्रिकाका प्रधान संम्पादक आङ छिरिङ शेर्पा, लिम्बुवान समाज अमेरिकाका अध्यक्ष बिरेन्द्र लिम्बु , फोटो पत्रकार आङ कामी शेर्पा आदिवासी जनजाति महासंघ अमेरीकाका पुर्व उपाध्यक्ष बिनोद पोमो, महासचिव दिपेश लिम्बु, पाँचथरका नेता सुरेन्द्र कुमार दाहाल लगायतको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितीहरूलाई स्वागत मन्तव्य गणित लिम्बुले राखेका थिए भने कार्यक्रमको संचालन महासचिव सुभद्रा लावतीले गरेको थिए । ममता लाबुङ, मन्जु राई केरुङ र सरीता दाहालले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएको उक्त कार्यक्रममा चर्चित गायक सुमन बुढामगरले लोग गित र देउसी गित गाएर सबैको मन जितेका थिए । अलिक फरक ढाँचा बाट संचालन गरीएको सो कार्यक्रमलाई सफल बनाउँनका निमित्त बुद्ध चेम्जोङ, बिजेता थेवे, झमकाजि लावती, आनन्द लिम्बु, संन्जय सुव्वा, पुस्पलता थाम्सुहाङ, डा. खगेन्द्र केरुङ र दिलमाया लिम्बु अहोरात्र खटिएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution