हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पाकिस्तानी सेनाले बर्साएको गोलीबाट कश्मिरमा सात भारतीय मारिए

%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%b0

जम्मु, १६ कात्तिक – पाकिस्तानी सेनासँग भारतीय सेनाको गोलाबारीका क्रममा सातजना भारतीय नागरिक मारिएका छन्।मंगलवार बिहानै जम्मु-कश्मिरको बस्ती नजिकै भएको गोलाबारीका क्रममा यी भारतीय नागरिक मारिएका हुन्।

साम्बा, जम्मु राजौरी जिल्लामा अन्तरराष्ट्रिय सीमाना र एलओसीमा दुवै पक्षले युद्धविराम उलंघन गर्दै गोलाबारी गर्दा यी भारतीय मारिएका हुन्। यसअघि भारतीय पक्षको गोली लागेर छ जना पाकिस्तानी नागरिक मारिएका थिए।

समाचार अनुसार गोली लागेर २ बालबालिकासहित सातजना भारतीयको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

समाचार एजेन्सीले बीएसएफका डीआईजी धर्मेन्द्र पारिकलाई उधृत गरे अनुसार पाकिस्तानी रेन्जर्सले बिहानै साढे ६ बजे साम्बा र जम्मु जिल्लाको रामगढ तथा अरनिया क्षेत्रको कम्तिमा पाँच ठाउँबाट गोली बर्साउन थालेका थिए।

यस क्रममा उनीहरुले ८२ मिमी मोटार पनि हानेका थिए। यस क्रममा भारततर्फका कयौं गाउँमा क्षति पुगेको बताइन्छ । बीएसएफले पाकिस्तानी फौजलाई जबाफ दिएको दाबी गरेको छ।

साम्बाका एसएसपी जोगिन्दर सिंहका अनुसार रामगढ क्षेत्रमा करिब २२ वर्षीया युवतीसहित दुई बालबालिकाको मृत्यु भएको छ। त्यहाँ चारजना घाइते भएका छन्।

जम्मु जिल्लाको अरनिया क्षेत्रको पिन्डी गाउँमा बिहानै ७ बजेर १० मिनेटमा ३ वटा मोर्टार सेल हानिएको थियो, जहाँ चारजना घाइते भए।

यसका अलावा राजौरीमा २, लङ‌्गुरमा १ र अर्का एकजनाको अर्को स्थानमा भएको भिडन्तमा ज्यान गएको हो।

पाकिस्तानको सीमामा गोलाबारी हुँदा सोमवार एक भारतीय जवान मारिएका थिए। त्यस क्रममा एक महिला पनि मारिइन्। भारतका चार जवान र तीन नागरिक घाइते भएका थिए।

भारतीय रक्षा प्रवक्ताका अनुसार पाक रेन्जरले पुन्छ र राजौरी जिल्लामा युद्धविराम उल्लंघन गरेर गोलाबारी गरेको दाबी गरेको छ। पाक रेन्जरले भारतीय चौकीलाई निशाना बनाउँदा सोमवार एक भारतीय सैनिक र एक महिला रशिदा बीको ज्यान गएको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि  कश्मिरको सीमानजिकै भारतीय सेनाले गरेको गोलाबारीमा पाँचजना पाकिस्तानी नागरिकको ज्यान गएको थियो। एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution