प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्न जोड – नयाँ शक्ति नेपाल

काठमाडौँ, कात्तिक – १५ । नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधानको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।
जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो ।
शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।
शुभकामनाको पूर्ण अंश:प्रेस विज्ञप्ती
शुभ दिपावली, छठ तथा नेपाल सम्वत ११३७ का सन्दर्भमा नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ । विविधतायुक्त नेपाली समाजको विशेषता नै बहुधार्मिक, बहुसांस्कृतिक हुनुका नाताले आफ्ना सांस्कृतिक विशेषताअनुसार चाड पर्व मनाउने र शुभकामना आदान–प्रदान गर्ने नेपाली समाजको प्रचलन पनि हो ।
यसै अवसरमा नेपाली समाजका वाधा व्यवधानहरु पार गर्दै सम्पूर्ण नेपालीकोे खुसीयाली र नेपाली समाजको समृद्धिका निम्ति कार्य गर्ने प्रेरणा मिलोस् भन्ने पनि कामना गर्दर्छौ ।
यसै अवसरमा नेपाली राजनीतिमा देखिएको अन्यौलता चिर्दै संविधान संशोधनमार्फत संविधानको स्वीकार्यता वृद्धि गरेर यसको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसदको प्रावधान पनि समावेश गर्न पुनः स्मरण गराउन चाहन्छौं ।
शुभ दिपावली, छठ र नेपाल सम्वत् ११३७ ले स्थायित्व, विकास र समृद्धिको मार्ग प्रशस्त गरोस्, यही हाम्रो कामना छ ।
खिमलाल देवकोटा
प्रवक्ता