हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

संविधान संशोधनबाट जनजाति, मधेसी, महिला र दलितका मागलाई सम्बोधन गरिने : प्रधानमन्त्री

pppp

काठमाडौं, कात्तिक १४ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत आदिवासी जनजाति, मधेसी, महिला र दलितका मागलाई सम्बोधन गरिने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष, गायक तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठको गीति एल्बम ‘पहिचान यात्रा’ को काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा विमोचन गर्दै संविधान संशोधनका लागि सबै दलहरूसँगको छलफललाई तिब्र बनाएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा वा सरकार बाहिर रहँदा निरन्तर रूपमा पहिचान र अधिकारको मुद्दा अगाडि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले जतिसक्दो चाँडो संविधान संशोधन गरेर सङ्घीयताको मुद्दालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सह–अध्यक्ष, गायक तथा सङ्गीतकार श्रेष्ठले गीत/सङ्गीतको व्यवसाय गर्नेभन्दा पनि पहिचानको सन्देश दिने उद्देश्यले यो एल्बम सार्वजनिक गरिएको प्रष्ट पार्नुभयो ।
एल्बममा “यो माटो छोएर” रचना/सङ्गीत : राजेन्द्र श्रेष्ठ, “हामी पीडित जनता” रचना : दुर्गालाल श्रेष्ठ, सङ्गीत : राजन राई, “अलिकति आकाश” रचना/सङ्गीत : राजन राई र “एउटा ढुङ्गा पारी” रचना/सङ्गीत : राजेन्द्र श्रेष्ठ समावेश गरिएको छ ।

त्यसैगरी, “सङ्घीय नेपाल” रचना : राजभाई जकःमी, सङ्गीतः न्ह्यू बज्राचार्य, “फूलहरू फूलेपनि” रचना : विक्रम सुब्बा, सङ्गीत हरि थापा “चेलीलाई हामी” रचना/सङ्गीत : राजेन्द्र श्रेष्ठ र “दबाएर नदबिने” रचना : भगवान चाम्लिङ राई, सङ्गीत राजेन्द्र श्रेष्ठ शीर्षक गीतहरु समावेश गरिएका छन् । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution