सशस्त्र प्रहरी बलको ‘वर्ष जवान’ मा कृष्ण बहादुर तामाङ

काठमाण्डौ- सशस्त्र प्रहरी बलले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यलय हल्चोकमा विशेष समारोह आयोजना गरी सम्पन्न गरेको छ |
कार्यक्रममा सशस्त्रले संगठनमा रहेर उत्कृष्ट काम गरेको भन्दै सशस्त्र प्रहरी जवान कृष्ण बहादुर तामाङ लाई ‘वर्ष जवान’ घोषणा गरेको छ । स्थापना दिवसमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले उनलाई वर्ष जवान घोषणा गर्दै ट्याग दिएका थिए ।
सशस्त्रले २०७० बाट वर्ष जवान घोषणा गर्न थालेको हो । वर्ष जवान हुने सशस्त्र कर्मचारीले १० हजार रुपैयाँ पुरस्कार, एक जना सन्तानलाई १२ कक्षासम्म छात्रवृत्ति र एफपीयु मिसनमा अवसर पाउने गरेका छन् ।