कार्की बिरुद्धको महाअभियोगमा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र कतारको ऐक्यबद्धता

१० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमासिंह कार्कीबिरुद्ध संसदमा पेश भएको महाअभियोगप्रति बिभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाई रहेका छन् । यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र कतारले पनि एक बिज्ञप्ती निकाली उक्त महाअभियोग प्रति ऐक्यबद्धता जनाएको छ ।
‘२०६२-२०६३ को जनअन्दोलन लाई दबाउने तथा रायमाझी आयोगका दोषी लोकमानलार्इ त्यस संबैधानिक र संबेदनसिल क्षेत्रमा ल्याउनु राजनैतिक दलहरुको गम्भीर भुल थियो । अख्तियार जस्तो संबैधानिक र संबेदनसिल निकाय स्वतन्त्र हुनुपर्ने हाम्रो बिचार हो । गुन्डागर्दी शैलिमा पदको दुरुपयोग गरेको र प्रतिगमन फर्काउने षड्यन्त्रमा रहेका लोकमान विरुद्धको महाअभियोग संसदमा छिट्टै पारित होस् बिज्ञप्तीमा भनिएको छ ।
महाअभियोग परितका लागि दबाब स्वरुप आन्दोलन गर्ने ९ राजनैतिक युवा संगठनको आन्दोलनमा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ती केन्द्र कतारले पनि एक्यवद्धता जनाएको छ ।