हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

पाल्पामा अजिङ्गर भेटेपछि, स्थानीयले चढाए दूध (भिडियोसहित)

0-agingar-photo-1-2

कार्तिक ९,काठमाडौं : पूर्वी पाल्पाको जल्पा–७ मा रहेको जल्पाडाँडाँमा भेटिएको अजिङ्गर सुरक्षित स्थानमा सार्न स्थानीयले माग गरेका छन् । भञ्याङ्गबजार माथिको डाँडोमा कात्तिक ४ गते भेटिएको अजिङ्गर कटुबास, बाँस र मेहालको रुखमा चढ्ने र झर्ने गरिरहेको छ ।

जिल्लामै पहिलो पटक देखा परेको अजिङ्गर हेर्न दिन दिनै भिड लागेको छ । आफूहरुले बर्षेनी पूजा गर्ने स्थानमै अजिङ्गर भेटिएपछि दैनिक पूजा गरेको स्थानीयबासिन्दा बेदप्रसाद बस्यालले बताउनुभयो ।

गाउँलेहरुले अजिङ्गर बसेको स्थान वरपरका रुखमा धजा बाधेका छन् भने नरिवल, स्याउ, दूध र कुखुरा समेत चढाएका छन् । खतरा हुन सक्ने भन्दै ताहु प्रहरी चौकीले पनि प्रहरी खटाएर स्थानीयलाई अजिङ्गर नजिक जान नदिएको जल्पा– ९ का स्थानीयबासिन्दा सुरेन्द्र सारुले जानकारी दिनुभयो ।

मंगलबार अजिङ्गर भेटिएको स्थानमा पुगेर जिल्ला वन कार्यालय पाल्पाको टोलीले स्थानीयलाई त्यसका बारेमा जानकारी दिएका छन् । संरक्षित वन्यजन्तुमा पर्ने अजिङ्गर शान्त स्वभावको हुने भएकाले यसले कुनै क्षति नपुर्याउने सहायक वन अधिकृत महम्मद अतिउल्लाहले बताउनुभयो । अजिङ्गर वरपर भिडभाड नगर्न र नजिस्क्याउन उहाँको आग्रह छ । जलवायु परिवर्तनले गर्दा नदी किनार, पानी जमेका स्थान, तराईलगायतका स्थानमा भेटिने अजिङ्गर पाल्पामा देखिएको जानकारहरुले बताएका छन् ।

फोटो खिच्न अजिङ्गर नजिक जाने, बढी हल्ला गर्ने र धर्म हुन्छ भन्दै त्यसको पछाडिको भाग छुने गरेकाले त्यसो नगर्न पनि प्रहरी र वन कार्यालयका कर्मचारीहरुले आग्रह गरेका छन् । केही महिना अघि पनि पाल्पाको अर्गलीमा राजगोमन भेटिएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution