कार्कीको बिरुद्ध समाचार लेखेको भन्दै सम्पादकलाई ज्यान मार्ने धम्की

काठमाडौं, ८ कार्तिक – लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई नचिनेका व्यक्तिले फोनबाट धम्की दिइएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
राजधानी दैनिकमा आइतबार फोन गरी सम्पादक शर्मा, प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका समाचार सम्पादक बस्नेत र बरिष्ठ समाचारदाता कार्कीलाई जीउ ज्यानसम्बन्धी धम्की दिएको महासंघले जनाएको छ।
महासंघले घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा लिई कारबाही अघि बढाउन तथा पत्रकार र सञ्चारमाध्यमलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन सकारसँग माग गरेको छ।