हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एन्फाको इतिहासमा पहिलोपटक मतदान, अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी

nn

नेपाली फुटबलको ६५ वर्षको इतिहासमा सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयन पहिलोपटक मतदानको आधारमा सम्पन्न भएको छ।संस्थापन पक्षका मानिने नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठकै प्यानलका मणि कुँवर उपाध्यक्ष चुनिएका छन्।

रिक्त रहेका दुई महत्वपूर्ण पद, अध्यक्ष र उपाध्यक्षमा आगामी एक वर्षका लागि भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ तथा कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दिएका थिए।शेर्पाको ३१ मतभन्दा ५ मत बढी अर्थात् ३६ मत प्राप्त गरेर श्रेष्ठ विजयी भएका हुन्।

त्यसैगरी उपाध्यक्षका ३ उम्मेदवारहरुमा मणि कुंवरले ३४, दिपक खातीले २५ तथा उपेन्द्रमान सिंहले ८ मत प्राप्त गरेका थिए।

कुल ६७ मतका लागि भएको प्रतिस्पर्धामा शुरुमै ५० प्रतिशतभन्दा बढी मत ल्याएपछि मणि कुँवर पनि पहिलो चरणमै उपाध्यक्ष पदमा विजयी भए।पहिलो चरणमा स्पष्ट बहुमत नल्याए निर्णय दोस्रो चरणमा पुग्थ्यो र तेस्रो स्थानमा रहने उम्मेदवार बाहिरिने थियो।जीतपछि नवनियुक्त अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, “फुटबलमा पहिलोपटक प्रजातान्त्रिक ढंगले निर्वाचन भएको छ। यसलाई व्यक्तिगत जीत-हारभन्दा पनि फुटबलको जीतको रुपमा लिएको छु।”

एन्फाका पूर्व अध्यक्ष गणेश थापा भ्रष्टाचारको प्रकरणमा फिफाबाट १० वर्षे प्रतिबन्धनमा परेपछि र वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त रहेको पदमा निर्वाचन गर्न एसियाली फुटबल महासंघले निर्देशन दिएको थियो।

एन्फाको ६५ वर्षको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा दुई उम्मेदवार खडा भएको उक्त निर्वाचनलाई कतिपयले नेपाली फुटबलमा प्रजातान्त्रिक अभ्यासको शुरुवात भनेका छन्। विसं २००८ सालमा एन्फा गठन भएयता एन्फा अध्यक्ष पदमा निर्विरोध निर्वाचन हुँदै आएको छ। जसमा दुई दशकसम्म गणेश थापा अध्यक्ष बनेका थिए।

थापाले निरंकुश तरीकाले एन्फा संचालन गरेको भन्दै त्यसमा शुद्धिकरणको नारा लगाउदैं एन्फाका उपाध्यक्ष कर्माले लामो समयदेखि संघर्ष गर्दै आएका थिए।अध्यक्ष पदमा हारेपछि शेर्पाले आफ्नो पराजयलाई परिवर्तनको एजेन्डाको पराजय भनि प्रतिक्रिया दिए।उनले भने,”अझैपनि फेरि यथास्थिति पाराले फुटबल चलाउने काम यिनीहरुले गर्नेछन्। हामी हारेपनि हाम्रो एजेण्डा सम्बोधन गरेर नेपाली फुटबलको विकास गर्न म निर्वाचित पदाधिकारीहरुलाई अनुरोध गर्न चाहन्छु।” – बीबीसीनेपाली 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution