अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई एक स्वर्ण, दुई रजत पदक

थाइल्यान्डको बैंककमा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण, दुई रजत र चार काश्यपदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागि हुन १९ अक्टोबरमा खेलाडी र १ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खान सहित कुल १० जना नेपाली टोलि बैंकक प्रस्थान गरेका थिए ।
उक्त खेलाडी टोलिलाई १७ अक्टोबरमा पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराईले दशरथ रंगशालामा एक बिशेष कार्यक्रम राखी बिधाइ गरेका थिए |
कार्यक्रममा पुर्ब राष्ट्रिय खेलाडी दिपक बिष्ट , पुर्ब माननीय सभासद तथा नया शक्ति बिदेश बिभाग समयोजक नवराज सुवेदी ,अर्का बिदेश बिभाग सदस्य इन्द्र भटराई , तेक्वान्दो माह संघका उपाध्यक्ष लगाएतको सहभागीतामा उनिहरुलाई बिधाइ गरिएको थियो।
खेलाडीहरुलार्इ सम्मान स्वरुप नयाँ शक्ति कतारका संयोजक बि बि खरालले खेलाडीलाई ट्रयाकसुटको ब्यबस्था मिलाएका थिए । ट्रयाकसुट नयाँ शक्ति कतारका अभियान्ता जेकिचेन उर्फ अर्जुनले स्पोन्सर गर्नुको साथै वितरण गरेका थिए ।