इजरायलमा न्हु दँया भिंतुना तथा म्ह: पुजा मनाउने तयारी

तेलअविव | इजरायलमा बसोवास गर्ने नेवार समुदायहरुको साझा संस्था नेवा: खल इजरायल द्वारा “नेवारी भाषा,लिपि,धर्म र संस्कृतिको संरक्षण तथा सम्वर्धन गरौ”भन्ने मुला नाराको साथमा नेपाल सम्बत् “न्हु दँया भिंतुना ११३७ तथा म्ह: पुजा” भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रम आगामी ४ नोभेम्वर २०१६ (शुक्रवार) का दिन तेलअविव शहर स्थित केन्द्रिय बसपार्क (तखाना मर्काजित) को तेश्रो तल्लामा रहेको एभेरेस्ट डिस्को क्लबमा बेलुका ६ बजे देखि शुरु हुने संस्थाले जानकारी दिएको छ |